राजविराज÷हिन्दु स्वयसेवक संघ नेपाल सप्तरीले आयोजना गरेको स्वामी विवेकानन्द संस्कृती ज्ञान परिक्षामा सहभागि परिक्षार्थीहरु मध्ये २३ जनाले बराबरी अंक ल्याएपछि गोलाप्रथाद्वारा अन्तिम नतिजा निकालिएको छ ।
शनिबार राजविराजस्थित स्थानिय पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा आयोजना गरिएको परिक्षामा ५० विद्यालयका ८ सय ५५ जना विद्यार्थी सहभागि भएका थिए । उक्त परिक्षामा विद्यार्थीहरुले ५० बहुबैकल्पिक उत्तर भएका प्रश्नको सही उत्तर छनौट गर्नुपर्ने थियो ।
प्रश्न संघले नै तयार पारेको प्रश्नोत्तरी पुस्तकबाट सोधिएको थियो । प्रतियोगितात्मक परिक्षामा सहभागि मध्ये २३ जना विद्यार्थीहरुले ५० वटै प्रश्नको सही उत्तर दिएर सत्तप्रतिशत अंक ल्याएका थिए । ती मध्ये गोलाप्रथाबाट नतिजा निकाल्दा राजेश्वरी माध्यमिक विद्यालय (बलानबिहुल गाउँपालिका)का रमेशकुमार मण्डल प्रथम, दुर्गा सेकेन्ड्री स्कुल (राजविराज नगरपालिका)का श्रेयस मिश्रा द्वितिय तथा भसराज माध्यमिक विद्यालय (खडक नगरपालिका)का भरतप्रसाद मण्डल तृतिय भए ।
तीनै जनाले कदरपत्र तथा क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार हात पारे । परिक्षामा उत्तिर्ण भएर पनि गोलाप्रथाबाट छनौट हुन नसकेका अन्य २० जनाले कदरपत्र तथा शैक्षिक सामाग्रि पुरस्कार वापत प्राप्त गरे ।
आयोजक हिन्दु स्वयसेवक संघ नेपाल सप्तरीका अध्यक्ष एवं पूर्वप्रधानाध्यापक भोगेन्द्र झा, प्रमुख अतिथि सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवाल, हिन्दु राष्ट्र स्वभिमान जागरण अभियानका केन्द्रिय सदस्य देवेश झा लगायतले परिक्षामा सफल भएका विद्यार्थीहरुलाई पुरस्कार बितरण गरेका थिए ।
संस्कृति ज्ञान परिक्षामा २३ जनाले बराबरी अंक ल्याएपछि गोलाप्रथाद्वारा नतिजा
सारांश
- तीनै जनाले कदरपत्र तथा क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार हात पारे ।
- परिक्षामा उत्तिर्ण भएर पनि गोलाप्रथाबाट छनौट हुन नसकेका अन्य २० जनाले कदरपत्र तथा शैक्षिक सामाग्रि पुरस्कार वापत प्राप्त गरे ।
- आयोजक हिन्दु स्वयसेवक संघ नेपाल सप्तरीका अध्यक्ष एवं पूर्वप्रधानाध्यापक भोगेन्द्र झा, प्रमुख अतिथि सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवाल, हिन्दु राष्ट्र स्वभिमान जागरण अभियानका केन्द्रिय सदस्य देवेश झा लगायतले परिक्षामा सफल भएका विद्यार्थीहरुलाई पुरस्कार बितरण गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया