मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम

राजविराज राजविराज
|
आइतबार, श्रावण ११, २०८२
|
|
४४ पटक हेरिएको
Shares
मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम

सारांश

  •     सप्तरीको राजविराज २ स्थित “मैथिली भवन” मा मधुश्राबणी समागम नामको कार्यक्रम महिला परिषदद्वारा आयोजन गरिएको हो ।
  •     महिला परिषदले मधुश्राबणीको अवसरमा मैथिल महिला परिषद्की पूर्व अध्यक्ष साधना झाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजन गरेको हो ।
  •       कार्यक्रममा प्रमुख अतिथि झाले आधुनिकताको यस दौरमा मैथिल समाजले आफ्नो परम्परागत पर्वहरुमा पनि आधुनिकता देखाउन लागेकोले सो गर्न नहुने र आफ्नो परम्परा र संस्कृतिको संरक्षण गर्न अगाडी सर्नु पर्नेमा जोड दिएकी थिइन ।

सतीश कुमार 
राजविराज, ११ साउन ।

    सप्तरीमा कार्यरत मैथिल महिला परिषद्ले मैथिल नारीहरुको ठूलै मानिने पर्व “मधुश्राबणी” को अवसरमा एक भव्य कार्यक्रम आयोजना गरेको छ ।
    सप्तरीको राजविराज २ स्थित “मैथिली भवन” मा मधुश्राबणी समागम नामको कार्यक्रम महिला परिषदद्वारा आयोजन गरिएको हो ।
    महिला परिषदले मधुश्राबणीको अवसरमा मैथिल महिला परिषद्की पूर्व अध्यक्ष साधना झाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजन गरेको हो । 
    कार्यक्रममा प्रमुख अतिथि झाले आधुनिकताको यस दौरमा मैथिल समाजले आफ्नो परम्परागत पर्वहरुमा पनि आधुनिकता देखाउन लागेकोले सो गर्न नहुने र आफ्नो परम्परा र संस्कृतिको संरक्षण गर्न अगाडी सर्नु पर्नेमा जोड दिएकी थिइन ।
    कार्यक्रममा स्थानीय म.वि.व.क्याम्पसकी प्राध्यापिका वन्दना मिश्रले मधुश्राबणीको ऐतिहासिकता र यसको सामाजिक महत्व बिषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन भने उनको कार्यपत्रमा पूर्व शिक्षिकाद्वय मञ्जु श्रेष्ठ र शान्ति झाले टिप्पणी गरेकी थिइन । 
    महिला परिषदकी अध्यक्ष मालती चौधरीको अध्यक्षतामा आयोजन भएको कार्यक्रममा मैथिली साहित्य परिषदका उपाध्यक्ष राजकुमार लाल दास, सुधा दत्त, कंचन झा, किरण झा र निकहत परविन लगायतका मैथिली अभियानीले आफ्नो मन्तव व्यक्त गरेकी थिइन ।
    उक्त अवसरमा मधुश्राबणीको पर्वमा भनिने “बिनी” को बिषयमा प्रतियोगिता पनि आयोजन गरिएको थियो जसमा नयाँ÷पुराना वयसकी मैथिल महिलाहरुले सहभागिता जनाएका थिए । सो प्रतियोगितामा उर्मिला देव प्रथम, निरोत्तमा झा द्वितीय, शिलम झा तृतिय र कल्पना झाले सान्त्वना पुरस्कार प्राप्त गरेकी थिइन ।
    महिला परिषदको संयोजनमा बरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले आफ्नो पारिवारिक सदस्य उर्मिला देवीको स्मृतिमा प्रत्येक बर्ष मैथिलीको लोक गायिकालाई दिने “उर्मिला देवी झा लोक सांस्कृतिक पुरस्कार” यस बर्ष राजविराज १६ की रुपा देवी देवलाई प्रदान गरिएको छ ।
    महिला परिषदकी सचिव रिता देवद्वारा सञ्चालित यस कार्यक्रममा महिला परिषदकी पूर्व अध्यक्षा शान्ति झालाई वर्तमान अध्यक्ष मालती चौधरीले माला र साल लगाई सम्मान गरेकी थिइन ।
    मिथिला क्षेत्रमा खास गरी ब्राह्मण, कायस्थ र वैश्य जातिका नवविवाहित महिलाहरुले करिब १५ दिन सम्म यो पर्व मनाउने गरेकी छिन । प्रत्येक बर्ष श्राबण कृष्ण पञ्चमीबाट शुरु हुने यो पर्व यस बर्ष श्राबण शुक्ल तृतिया सम्म हुने मैथिल महिला परिषदकी पूर्व अध्यक्ष शान्ति झा बताउछिन् । सामान्यतया बर्ष भरिमा अषाढ महिनासम्म विवाह हुने मिथिलानीहरुले श्राबण महिनामा माइती मै बसेर मधुश्राबणी पर्व मनाउने गरेको पूर्व अध्यक्षा झा बताउछन् ।
    कार्यक्रममा नयाँ पर्व पूज्ने ५ जना नवविवाहितालाई बिशेष सम्मान गरिएको थियो भने सहभागी सबै मलिाहरुलाई सौभाग्यको प्रतिक चूड़ा, सिन्दुर र बिन्दी बाँडिएको परिषदकी उपाध्यक्ष प्रतिमा देवले बताइन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चित्रकला र बक्तृत्वकला प्रतियोगिता सम्पन्न
चित्रकला र बक्तृत्वकला प्रतियोगिता सम्पन्न
श्रमिकहरुको योगदानमा सोचे जस्तो सुधार आउन नसकेकोमा चिन्ता व्यक्त
श्रमिकहरुको योगदानमा सोचे जस्तो सुधार आउन नसकेकोमा चिन्ता व्यक्त
अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता 
अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता 
चोरीको मदिरा सेवन गरी वर्कशपमा चोरी
चोरीको मदिरा सेवन गरी वर्कशपमा चोरी
एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
सरकारी निकायको चरम लापरवाही, १२ वर्षदेखी नागरिकता प्रमाणपत्र नं. बिना कै नागरिकता प्रयोग हुँदै
प्रहरीको घुमुवाको आतंकप्रति  व्यापारी बिरोधमा उत्रे
प्रहरीको घुमुवाको आतंकप्रति  व्यापारी बिरोधमा उत्रे
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो
नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो
सांसद रानी मण्डलद्वारा मृतक  परिवारलाई पाँच÷पाँच हजार प्रदान
सांसद रानी मण्डलद्वारा मृतक  परिवारलाई पाँच÷पाँच हजार प्रदान