राजविराज÷प्रहरीको घुमुवाले पैसाका लागि व्यापारीलाई दुःख दिने गरेको भन्दै सप्तरीको बोदेबर्साइन नगरपालिकाका व्यापारीहरुले बिरोध गरेका छन् ।
व्यापार व्यवसायी धरापमा परेकोले प्रहरी र प्रशासनको विरोध गर्दै स्थानीय व्यापारीले शनिबार सप्तरीको बोदेबरसाइन बजार बन्द गराएका छन । उनीहरुले बजार बन्द गराउनुका साथै ष्स्सिडकमा टायर बालेर नारा जुलुससमेत गरेका छन् ।
गत बिहीबार बोदेबरसाइन नगरपालिका ५ स्थित जय माता दी ट्रेडर्सबाट बक्री भएको करिब ७५÷८० हजार बराबरको सामान घुमुवा प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएपछि व्यापारीहरु आक्रोसित भई बिरोधमा उत्रिएका हुन् ।
भ्याट बिलसहित बेल्ही चेपेनाको पथरगाढास्थित राघव जेनेरल स्टोरका लागि लगेको सामान २÷३ किलोमिटर पूर्व नपुग्दै खडक खोलाको छेउबाट नियन्त्रणमा लिएको बोदेबरसाइन नगर व्यापर समितिका सचिव अनिल सिंहले जानकारी दिएका छन् ।
प्रदेश प्रहरीको घुमुवा (असई) मोती महतोले नियन्त्रणमा लिएको सामान इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा राखी शुक्रबार भन्सार बुझाएपछि व्यापारीहरु आक्रोशित बनेको सिंहले बताए ।
गैरकानुनी भन्दै ४ लाख ९० हजारको बिगो बनाएर सामान बिक्री गर्ने जय माता दी ट्रेडर्सका संचालक तथा व्यापार समितिका उपाध्यक्ष रामचन्द्र भगत र खरिदकर्तालाई पनि हाल भन्सार कार्यालयको थुनामा राखिएकाले आन्दोलन थप चर्काइने व्यापारीहरुले जनाएका छन् ।
यता सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले पनि व्यापारीप्रति प्रहरीको व्यवहार गलत देखिएको आरोप लगाए ।
यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले भारतबाट अनधिकृत रुपमा ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएको दाबी गरेका छन् ।
प्रहरीको घुमुवाको आतंकप्रति व्यापारी बिरोधमा उत्रे
सारांश
- भ्याट बिलसहित बेल्ही चेपेनाको पथरगाढास्थित राघव जेनेरल स्टोरका लागि लगेको सामान २÷३ किलोमिटर पूर्व नपुग्दै खडक खोलाको छेउबाट नियन्त्रणमा लिएको बोदेबरसाइन नगर व्यापर समितिका सचिव अनिल सिंहले जानकारी दिएका छन् ।
- प्रदेश प्रहरीको घुमुवा (असई) मोती महतोले नियन्त्रणमा लिएको सामान इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा राखी शुक्रबार भन्सार बुझाएपछि व्यापारीहरु आक्रोशित बनेको सिंहले बताए ।
- गैरकानुनी भन्दै ४ लाख ९० हजारको बिगो बनाएर सामान बिक्री गर्ने जय माता दी ट्रेडर्सका संचालक तथा व्यापार समितिका उपाध्यक्ष रामचन्द्र भगत र खरिदकर्तालाई पनि हाल भन्सार कार्यालयको थुनामा राखिएकाले आन्दोलन थप चर्काइने व्यापारीहरुले जनाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया