प्रहरीको घुमुवाको आतंकप्रति  व्यापारी बिरोधमा उत्रे

राजविराज राजविराज
|
शनिबार, श्रावण ४, २०७६
|
|
११९ पटक हेरिएको
Shares
प्रहरीको घुमुवाको आतंकप्रति  व्यापारी बिरोधमा उत्रे

सारांश

  •     भ्याट बिलसहित बेल्ही चेपेनाको पथरगाढास्थित राघव जेनेरल स्टोरका लागि लगेको सामान २÷३ किलोमिटर पूर्व नपुग्दै खडक खोलाको छेउबाट नियन्त्रणमा लिएको बोदेबरसाइन नगर व्यापर समितिका सचिव अनिल सिंहले जानकारी दिएका छन् ।
  •       प्रदेश प्रहरीको घुमुवा (असई) मोती महतोले नियन्त्रणमा लिएको सामान इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा राखी शुक्रबार भन्सार बुझाएपछि व्यापारीहरु आक्रोशित बनेको सिंहले बताए ।
  •       गैरकानुनी भन्दै ४ लाख ९० हजारको बिगो बनाएर सामान बिक्री गर्ने जय माता दी ट्रेडर्सका संचालक तथा व्यापार समितिका उपाध्यक्ष रामचन्द्र भगत र खरिदकर्तालाई पनि हाल भन्सार कार्यालयको थुनामा राखिएकाले आन्दोलन थप चर्काइने व्यापारीहरुले जनाएका छन् ।

    राजविराज÷प्रहरीको घुमुवाले पैसाका लागि व्यापारीलाई दुःख दिने गरेको भन्दै सप्तरीको बोदेबर्साइन नगरपालिकाका व्यापारीहरुले बिरोध गरेका छन् । 
    व्यापार व्यवसायी धरापमा परेकोले प्रहरी र प्रशासनको विरोध गर्दै स्थानीय व्यापारीले शनिबार सप्तरीको बोदेबरसाइन बजार बन्द गराएका छन । उनीहरुले बजार बन्द गराउनुका साथै ष्स्सिडकमा टायर बालेर नारा जुलुससमेत गरेका छन् । 
    गत बिहीबार बोदेबरसाइन नगरपालिका ५ स्थित जय माता दी ट्रेडर्सबाट बक्री भएको करिब ७५÷८० हजार बराबरको सामान घुमुवा प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएपछि व्यापारीहरु आक्रोसित भई बिरोधमा उत्रिएका हुन् । 
    भ्याट बिलसहित बेल्ही चेपेनाको पथरगाढास्थित राघव जेनेरल स्टोरका लागि लगेको सामान २÷३ किलोमिटर पूर्व नपुग्दै खडक खोलाको छेउबाट नियन्त्रणमा लिएको बोदेबरसाइन नगर व्यापर समितिका सचिव अनिल सिंहले जानकारी दिएका छन् । 
    प्रदेश प्रहरीको घुमुवा (असई) मोती महतोले नियन्त्रणमा लिएको सामान इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा राखी शुक्रबार भन्सार बुझाएपछि व्यापारीहरु आक्रोशित बनेको सिंहले बताए । 
    गैरकानुनी भन्दै ४ लाख ९० हजारको बिगो बनाएर सामान बिक्री गर्ने जय माता दी ट्रेडर्सका संचालक तथा व्यापार समितिका उपाध्यक्ष रामचन्द्र भगत र खरिदकर्तालाई पनि हाल भन्सार कार्यालयको थुनामा राखिएकाले आन्दोलन थप चर्काइने व्यापारीहरुले जनाएका छन् ।
    यता सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले पनि व्यापारीप्रति प्रहरीको व्यवहार गलत देखिएको आरोप लगाए ।
    यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले भारतबाट अनधिकृत रुपमा ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएको दाबी गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालबालिकालाई विपद् ब्यवस्थापन सम्बन्धी तालिम
बालबालिकालाई विपद् ब्यवस्थापन सम्बन्धी तालिम
बिपद्को समस्यालाई विधिमा नभई बैधानिक रूपमा समाधान गर्नुपर्नेमा जोड ः कानुन राज्यमन्त्री सिंह 
बिपद्को समस्यालाई विधिमा नभई बैधानिक रूपमा समाधान गर्नुपर्नेमा जोड ः कानुन राज्यमन्त्री सिंह 
दुई हजार ७ सय ९४ जना मिटरब्याज  पीडितहरुबाट प्रहरीमा उजुरी
दुई हजार ७ सय ९४ जना मिटरब्याज  पीडितहरुबाट प्रहरीमा उजुरी
विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग
विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग
नौं बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ 
नौं बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ 
समाजसेवी ई. यादवद्वारा नवनिर्वाचित पदाधिकारी सम्मानित
समाजसेवी ई. यादवद्वारा नवनिर्वाचित पदाधिकारी सम्मानित
अज्ञात सहिद साकेतको शालिकमा  दिप प्रज्जवलन, दिलिपलाई सम्झिएन
अज्ञात सहिद साकेतको शालिकमा  दिप प्रज्जवलन, दिलिपलाई सम्झिएन
हत्याका दोषीलाई  कारवाहीको माग गर्दै ज्ञापन 
हत्याका दोषीलाई  कारवाहीको माग गर्दै ज्ञापन 
सप्तरीमा एक गाउपालिका अध्यक्ष, तीन उपाध्यक्षसहित ९६ जनाले रोजे लोसपा
सप्तरीमा एक गाउपालिका अध्यक्ष, तीन उपाध्यक्षसहित ९६ जनाले रोजे लोसपा
छुट्टाछुट्टै दुर्घटनामा एक महिला र एक बालकको मृत्यु 
छुट्टाछुट्टै दुर्घटनामा एक महिला र एक बालकको मृत्यु