हत्याका दोषीलाई  कारवाहीको माग गर्दै ज्ञापन 

राजविराज राजविराज
|
मंगलबार, आश्विन ४, २०७९
|
|
६६ पटक हेरिएको
Shares
हत्याका दोषीलाई  कारवाहीको माग गर्दै ज्ञापन 

सारांश

  •     अभियानका सदस्य जयप्रसाद रामको नेतृत्वमा स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको विरोध र्यालीका सहभागीहरुले अदालत सडकमा प्रदर्शन गरेका हुन् ।
  •       प्रदर्शनपछि २०७७ असार २९ गते ४५ वर्षीय त्रिभुवन रामलाई वेपत्ता पारि हत्या गरिएको घटनाका दोषीलाई कारवाही हुनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय र सप्तरी जिल्ला अदालतमा ज्ञापन पत्र बुझाइएको छ ।
  •       प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका लागि बुझाइएको ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीलाई बुझाइएको छ भने अदालतका मुख्य न्यायाधिसका लागि पनि ज्ञापन पत्र बुझाइएको अभियानका सदस्य रामले बताए ।

दैनिक समाचारदाता
राजविराज, ४ असोज । 

    राष्ट्रिय दलित जागरण अभियान नेपालले त्रिभुवन राम हत्या घटनाका दोषीलाई कारवाही हुनुपर्ने माग गर्दै मंगलबार राजविराजमा प्रदर्शनसहित ज्ञापन पत्र बुझाइएको छ । 
    अभियानका सदस्य जयप्रसाद रामको नेतृत्वमा स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको विरोध र्यालीका सहभागीहरुले अदालत सडकमा प्रदर्शन गरेका हुन् । 
    प्रदर्शनपछि २०७७ असार २९ गते ४५ वर्षीय त्रिभुवन रामलाई वेपत्ता पारि हत्या गरिएको घटनाका दोषीलाई कारवाही हुनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय र सप्तरी जिल्ला अदालतमा ज्ञापन पत्र बुझाइएको छ । 
    प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका लागि बुझाइएको ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीलाई बुझाइएको छ भने अदालतका मुख्य न्यायाधिसका लागि पनि ज्ञापन पत्र बुझाइएको अभियानका सदस्य रामले बताए । 
    जिल्लाको शम्भुनाथ नगरपालिका ३ कचनदाहाका त्रिभुवन हत्या घटनामा पक्राउ परेका सोही ठाउँका प्रभु साह, शम्भु चौधरी, पंकज चौधरी र सुरेन्द्र पाललाई पुर्पक्षका लागि कारागार छन् । मृतक त्रिभुवनकी पत्नी घुरनी देवी रामले यसअघि सोमवार मात्रै पत्रकार सम्मेलन गर्दै न्यायको गुहार गरेकी थिइन् । 
    छोरीको सामुहिक बलात्कारपछि न्यायका लागि कानूनी बाटोमा लागेका पति त्रिभुवनको पनि हत्या भएको भन्दै दोषीहरु छुट्नसक्ने सुनेपछि न्याय गुहार्न बाध्य भएको घुरनी देवीको कथन छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा मन्त्रालयको टोलीद्वारा सुझाव संकलन
शिक्षा मन्त्रालयको टोलीद्वारा सुझाव संकलन
महिलालाई सबल बनाउन प्रदेश सरकार कटिबद्ध ः मन्त्री साह
महिलालाई सबल बनाउन प्रदेश सरकार कटिबद्ध ः मन्त्री साह
ठूलो परिमाणमा पटाका बरामदपछि नष्ट
ठूलो परिमाणमा पटाका बरामदपछि नष्ट
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा 
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा 
ह्यापिल्याण्डद्वारा दलित विद्यालयका छात्रछात्रालाई शैक्षिक सामाग्रि बितरण
मधेश प्रदेश सरकाद्वारा प्रहरी समायोजनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
मधेश प्रदेश सरकाद्वारा प्रहरी समायोजनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै
आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै
राजदेबी टोलमा लाखौको चोरी 
राजदेबी टोलमा लाखौको चोरी 
छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ 
छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ 
स्थानीय तहमा दलितको पहुँच भएपनि अधिकारमा पहुँच भएन ः समाजिक विकास मन्त्री साह
स्थानीय तहमा दलितको पहुँच भएपनि अधिकारमा पहुँच भएन ः समाजिक विकास मन्त्री साह