सांसद रानी मण्डलद्वारा मृतक  परिवारलाई पाँच÷पाँच हजार प्रदान

राजविराज राजविराज
|
शनिबार, मंसिर ८, २०७५
|
|
४२ पटक हेरिएको
Shares
सांसद रानी मण्डलद्वारा मृतक  परिवारलाई पाँच÷पाँच हजार प्रदान

सारांश

  •     यसैगरि सोही दुर्घटनामा परि हात भाचेर घाइते भएका एक व्यक्तिलाई १ हजार ५० रुँपैया प्रदान गरिएको छ ।
  •       यसैबीच सांसद मण्डलले डाकनेश्वरी नगरपालिका १० बनौलाकी क्यान्सर पीडित महिला नुसरत खातुनलाई २ हजार ५ सय नगद प्रदान गरिन् ।
  • उनलाई औषधी उपचारका लागि सो रकम प्रदान गरिएको समाजसेवी डा.

    राजविराज÷बस दुर्घटनामा परि मृत्यु भएका परिवारका सदस्यलाई प्रतिनिधि सभा सदस्य रानी मण्डलले शनिबार किरिया खर्च वापत रकम प्रदान गरेकी छिन् । 
    मृतक परिवारको घरमै गएर सांसद मण्डलले प्रति परिवार पाँच÷पाँच हजारको दरले किरिया खर्च प्रदान गरेकी हुन् । 
    डाकनेश्वरी नगरपालिका ५ की ७० वर्षिया वेचनीदेवी यादव, ६० वर्षिया शिकिलादेवी साह, ६० वर्षिया भुखनी देवी यादव, वडा नं. ४ भुतहीका ५५ वर्षिय दिनेश रजक र उनी पत्नी ५० वर्षिया बौकीदेवी रजकको परिवारका सदस्यलाई सो किरिया खर्च दिइएको छ । 
    यसैगरि सोही दुर्घटनामा परि हात भाचेर घाइते भएका एक व्यक्तिलाई १ हजार ५० रुँपैया प्रदान गरिएको छ ।  
    यसैबीच सांसद मण्डलले डाकनेश्वरी नगरपालिका १० बनौलाकी क्यान्सर पीडित महिला नुसरत खातुनलाई २ हजार ५ सय नगद प्रदान गरिन् । उनलाई औषधी उपचारका लागि सो रकम प्रदान गरिएको समाजसेवी डा. टेक नारायण मण्डलले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?