दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ ।
शिक्षा तथा संस्कृती मन्त्री तथा पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले मंगलबार साँझ प्रदेश प्रमुखलाई सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् ।
“मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधान धारा १६८ अनुसार जनमत पार्टीको समर्थन रहेकोमा आजकै मितिबाट संसदीय दलको बैठकको निर्णय अनुसार सो समर्थन फिर्ता लिइएको जानकारी गराउद छौं ।” बुझाइएको पत्रमा उल्लेख छ ।
पत्र मधेश प्रदेशका सभामुख तथा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय जनकपुरधामलाई समेत बोधार्थ गरिएको छ ।
सरकारमा सहभागि दुई मन्त्री र एक राज्यमन्त्रीले मंगलबारै राजिनामा पनि दिएका छन् । जनमतको मधेश प्रदेशमा १३ प्रदेशसभा सदस्य छन् ।
सोमबार मात्रै राजविराज १३ स्थित विषहरियामा मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा शिक्षा मन्त्री यादवलाई वेवास्ता गरि राखिएको कार्यक्रमको जनमत पार्टीले बिरोध गरेको थियो । सो कार्यक्रमका क्रमको बिरोध गर्न पुगेका मन्त्रीसहित जनमतका सांसदहरु एक दर्जन नेता कार्यकर्ता प्रहरीको लाठीचार्जबाट घाइते भएका थिए ।
मधेश प्रदेश सरकारबाट जनमत बाहिरियो, समर्थन पनि फिर्ता
सारांश
- शिक्षा तथा संस्कृती मन्त्री तथा पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले मंगलबार साँझ प्रदेश प्रमुखलाई सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् ।
- “मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधान धारा १६८ अनुसार जनमत पार्टीको समर्थन रहेकोमा आजकै मितिबाट संसदीय दलको बैठकको निर्णय अनुसार सो समर्थन फिर्ता लिइएको जानकारी गराउद छौं ।
- ” बुझाइएको पत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया