“पुनः सहोदर दाजुभाई प्रतिस्पर्धी बने” चार सीटका लागि ८ को उम्मेदवारी

राजविराज राजविराज
|
आइतबार, पौष २०, २०७६
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •     यस निर्वाचनका लागि राजपा र नेकपा तथा समाजवादी पार्टी र नेपाली काँग्रेसले चुनावी तालमेल गरेको छ ।
  •       यस निर्वाचनमा अहिले सबैभन्दा बढी रोचक विषय बनेको राजपाबाट उम्मेदवारी दर्ता गराएका सप्तरीको बोदेबसाईन नगरपालिका ५ निवासी मृगेन्द्र कुमार सिंह यादव तथा समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका अनिरुद्ध प्रसाद सिंह यादवबीचको प्रतिष्पर्धा ।
  • दुबै जना सहोदर दाजुभाई हुन् ।

दैनिक समाचारदाता
राजविराज, २० पुस । 
    आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार प्रदेश २ बाट ४ सीटमा ८ जनाको मनोनयन परेको छ । राष्ट्रियसभामा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने ८ जनामध्ये ४ जनाको कार्यकाल सकिन लागेकाले ती पदमा निर्वाचन हुन लागेको हो ।
    यस निर्वाचनका लागि राजपा र नेकपा तथा समाजवादी पार्टी र नेपाली काँग्रेसले चुनावी तालमेल गरेको छ । 
    यस निर्वाचनमा अहिले सबैभन्दा बढी रोचक विषय बनेको राजपाबाट उम्मेदवारी दर्ता गराएका सप्तरीको बोदेबसाईन नगरपालिका ५ निवासी मृगेन्द्र कुमार सिंह यादव तथा समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका अनिरुद्ध प्रसाद सिंह यादवबीचको प्रतिष्पर्धा । दुबै जना सहोदर दाजुभाई हुन् । 
    सहोदर दाजुभाईका बीच यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा पनि भिडन्त भएको थियो । त्यसतिबेला दाजु मृगेन्द्र तत्कालिन मधेशी जनअधिकारी फोरम (लोकतान्त्रिक) बाट र भाई अनिरुद्ध मधेशी जनअधिकार फोरमबाट उम्मेदवार बनेका थिए । 
    भाई अनिरुद्ध भन्दा बढी मत ल्याउन मृगेन्द्र सफल भएपनि काँग्रेसका उम्मेदवार सुरेन्द्र यादवसँग झिनो मतले पराजित भएका थिए । 
    त्यसको ठीक ६ वर्ष पछि एक पल्ट फेरी चुनावी मौदानमा दाजुभाई आमने सामने भएका छन् । यस पटक मृगेन्द्र राजपाका तर्फबाट र उनका भाई अनिरुद्ध समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनि फेरी आमुने सामुने भएका हुन् ।
    राजपा नेपालले राष्ट्रिय सभामा दुई सीटका लागि नेकपासँग सहकार्य गरेपछि सो पार्टीका तर्फबाट उम्मेदवार बनेका मृगेन्द्र र अर्का उम्मेदवार शेखर सिंहको जित लगभग सुनिश्चित ठानिएको छ । तर, समाजवादी पार्टीले पनि काँग्रेससँग सहकार्य गर्दै उम्मेदवारी दिएकाले तथा केही मत क्रस भोटिङ हुन सक्ने प्रवल सम्भावना रहेकाले समाजवादी पार्टीका उम्मेदवार अनिरुद्ध र अर्का उम्मेदवार रामपृत पासवानलाई पनि कमजोर ठान्न नमिल्ने एकथरीको भनाई छ । 
    प्रदेश २ मा १ सय ३६ स्थानिय तह छन् । जसका प्रमुख उपप्रमुख गरि २ सय ७२ तथा प्रदेश सभा सदस्य १ सय ७ गरि कुल ३ सय ७९ मतदाता छन् । जसमध्ये राजपा–नेकपा गठबन्धनको प्रदेश सभा तर्फ ५७ र स्थानिय तहतर्फ १ सय २७ मत गरि १ सय ८४ मत रहेको छ भने समाजवादी–काँग्रेस गठबन्धनको प्रदेश सभा तर्फ ४९ र स्थानिय तहतर्फ १ सय ३३ मत गरि १ सय ८२ मत रहेको छ । यस्तै नेपाली जनता दलको २ र संघीय समाजवादी पार्टीको एक मत रहेको छ ।  
    यता प्रदेश २ मा राष्ट्रियसभाको महिला सदस्य १ दलित सदस्य १, अल्पसंख्यक १ र अन्य खुल्ला सदस्य १ पदका लागि निर्वाचन हुँदैछ ।
    नेकपा र राजपाको गठबन्धनबाट अल्पसंख्यकबाट शेखरकुमार सिंहले उम्मेदबारी दिएका छन् ।  यो गठबन्धनबाट महिला सदस्यमा पदमा नेकपाकी तुलसा दाहालले उम्मेदवारी दिएकी छन् । दलित सदस्य पदमा राधेश्याम पासवानले यो गठबन्धनबाट उम्मेदबारी दिएका छन् । अन्य खुल्ला सदस्यमा गठबन्धनबाट मृगेन्द्र कुमार सिंह यादवले उम्मेदवारी दिएका छन् । 
    त्यस्तै कांग्रेस–समाजवादी गठबन्धनबाट अल्पसंख्यक पदमा कांग्रेसका भोला पञ्जियारको उम्मेदवारी परेको छ । महिला सदस्य पदमा कांग्रेसकै नगीना यादवको उम्मेदवारी परेको छ । दलित सदस्य पदमा समाजवादी पार्टीका रामप्रित पासवानको उम्मेदवारी परेको छ । उनी यसअघि पनि यही पार्टीबाट राष्ट्रियसभा सदस्य भइसकेका छन् । खुल्ला अन्य पदमा समाजवादी पार्टीका अनिरुद्व यादवले उम्मेदवारी दर्ता गराएका छन् । 
    राष्ट्रियसभाका १९ सांसदको २ वर्षे कार्यकाल फागुन २१ मा सकिदैछ । संविधान अनुसार सदस्य पद रिक्त हुनु भन्दा ३५ दिन अघि निर्वाचन भइसक्नु पर्छ । सोही व्यवस्था अनुसार माघ ९ मा निर्वाचन हुन लागेको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नो माग सम्बोधन नभएको भन्दै वडा  सदस्यहरुले नगरपालिकामा दिए धर्ना
आफ्नो माग सम्बोधन नभएको भन्दै वडा  सदस्यहरुले नगरपालिकामा दिए धर्ना
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
ब्राउन सुगरसहित दुई जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
समावेशी समानुपातिक प्रतिनिधित्व  धरापमा पार्न नदिन खबरदारी ः प्रचण्ड
समावेशी समानुपातिक प्रतिनिधित्व  धरापमा पार्न नदिन खबरदारी ः प्रचण्ड
पुस्तक खरीदमा एक पैसा दिदैनन् छुट ! सिन्डिकेट बनाएर खुलेआम किताब बिक्रिमा ब्रह्मलुट
पुस्तक खरीदमा एक पैसा दिदैनन् छुट ! सिन्डिकेट बनाएर खुलेआम किताब बिक्रिमा ब्रह्मलुट
सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
तलब माग्दै पालिकाका सबै शिक्षकहरुद्वारा गेट अगाडी धर्ना, सात हजार ८ सय ७३ विद्यार्थी पठनपाठनबाट बञ्चित 
तलब माग्दै पालिकाका सबै शिक्षकहरुद्वारा गेट अगाडी धर्ना, सात हजार ८ सय ७३ विद्यार्थी पठनपाठनबाट बञ्चित 
तिलाठी कोईलाडीको ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट 
तिलाठी कोईलाडीको ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट