दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
नेवि संघ सप्तरीले शुक्रबार राजविराजमा प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै मसाल जुलससँगै सरकार बिरुद्ध प्रदर्शन गरेको छ ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत २४ दिनदेखि अनसन बसिरहेका डा. गोविन्द केसीको माग सम्बोधन तथा निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका दोषीलाई अबिलम्ब पक्राउ गर्न माग गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै बिरोध प्रदर्शन गरेको हो ।
नेविसंघ जिल्ला कार्य समिति सप्तरीको अगुवाईमा निस्केको मसाल जुलुस स्थानिय नेता चौकमा पुगेपछि प्रधानमन्त्री केपी ओलीको पुतला दहन गर्दै विरोध सभामा परिणत भएको थियो । नेविसंघका जिल्ला सभापति धनानन्द यादवले डा. केशीले उठाएका जायज माग सम्बोधन गराउन तथा निर्मला बलत्कार र हत्या प्रकरणका दोषीलाई अबिलम्ब पक्राउ गर्न सरकारलाई दवाव दिने उद्देश्यले विरोध प्रदर्शन गरिएको बताए ।
विरोध सभालाई विद्यार्थी नेता समिर झा, पार्थाे सरकार लगायतले पनि सम्बोधन गर्दै बर्तमान सरकार अधिनायक तर्फ बढेको तथा दुई तिहाईको दम्भमा विपक्षीलाई पेलेरै जान खोजेको भन्दै २१ माघ देखि आन्दोलन अझ शसक्त ढंगले अघि बढने चेतावनी दिए ।
सो क्रममा प्रहरीसँग केहिबेर धम्साधम्सी समेत भएको थियो । यद्यपी कुनै अप्रिया घटना भने हुन पएन ।
नेविसंघ सप्तरीद्वारा प्रधामन्त्रीको पुतला दहन
सारांश
- चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत २४ दिनदेखि अनसन बसिरहेका डा.
- गोविन्द केसीको माग सम्बोधन तथा निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका दोषीलाई अबिलम्ब पक्राउ गर्न माग गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै बिरोध प्रदर्शन गरेको हो ।
- नेविसंघ जिल्ला कार्य समिति सप्तरीको अगुवाईमा निस्केको मसाल जुलुस स्थानिय नेता चौकमा पुगेपछि प्रधानमन्त्री केपी ओलीको पुतला दहन गर्दै विरोध सभामा परिणत भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया