सप्तरीबाट प्रश्नपत्र आउट भएको छैन ः प्रजिअ पौडेल

राजविराज राजविराज
|
शनिबार, चैत्र १६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सप्तरीबाट प्रश्नपत्र आउट भएको छैन ः प्रजिअ पौडेल

सारांश

  •     समितिको तर्फबाट प्राप्त प्रतिवेदन सार्वजनिक गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले टोलीले परिक्षा केन्द्रहरुमा प्रश्नपत्र पु¥याउनका लागि कायम गरिएको सबै १७ वटै इलाका तथा ३४ वटै परिक्षा केन्द्रमा पुगेर छानबिन गरेको तथा छानबिनको क्रममा यस जिल्लाबाट प्रश्न पत्र नबाहिरिएको पुष्टि भएको दाबी गरे ।
  •       जिल्ला परिक्षा समन्वय समितिका संयोजक समेत रहेका प्रजिअ पौडेलले टोली बाहेक आफूहरुले पनि परिक्षा केन्द्रहरुमा प्रश्न पत्र पठाउनु अघिको प्रक्रिया, दस्तावेज, प्रश्न पत्रको शिलबन्दी र त्यसको तस्बिर, भिडियो लगायतका सबै अवस्था बारे सुक्ष्म अनुसन्धान गरेको र जिल्लाबाट प्रश्नपत्र नबाहिरिएको निष्कर्षमा पुगेको बताउँदै भ्रम र हल्लाको पछाडी नलाग्न सबैसँग अनुरोध गरे ।
  •       उनले झुठो अफवाहा फैलाएर जिल्लावासी र यहाँका प्रशासनलाई समेत बदनाम गर्ने प्रयास भइरहेकोले यसलाई रोक्न सबैको पहल जरुरी रहेको बताए ।

    राजविराज÷एसईई परिक्षा अन्तरगत अनिवार्य विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएकोप्रति स्थानिय स्तरमा गठित छानबिन टोलीले सप्तरीबाट प्रश्नपत्र नबाहिरिएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । 
    प्रश्नपत्र परिक्षा अगावै सप्तरी जिल्लाबाट बाहिरिएको चर्चा चल्न थालेपछि स्थानिय प्रशासनद्वारा तिन दिन अघि गठित चार सदस्यीय छानबिन समितिले शनिबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलन तथा केन्द्राध्यक्षहरुसँगको अन्तरक्रिया कार्यक्रममा सप्तरी जिल्लाबाट प्रश्नपत्र नबाहिरिएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको हो । 
    चार सदस्यीय सो छानबिन समितिमा शिक्षा विकास तथा समन्वय इकाई शाखाका अधिकृत छबि खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गुरु प्रसाद तिम्सिना, राष्ट्रिय अनुसन्धानका सहायक प्रमुख मुकेश यादव तथा सशस्त्र प्रहरी बल नं. ६ गणका सहायक प्रहरी निरिक्षक सन्जु खत्री रहेका थिए । 
    समितिको तर्फबाट प्राप्त प्रतिवेदन सार्वजनिक गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले टोलीले परिक्षा केन्द्रहरुमा प्रश्नपत्र पु¥याउनका लागि कायम गरिएको सबै १७ वटै इलाका तथा ३४ वटै परिक्षा केन्द्रमा पुगेर छानबिन गरेको तथा छानबिनको क्रममा यस जिल्लाबाट प्रश्न पत्र नबाहिरिएको पुष्टि भएको दाबी गरे । 
    जिल्ला परिक्षा समन्वय समितिका संयोजक समेत रहेका प्रजिअ पौडेलले टोली बाहेक आफूहरुले पनि परिक्षा केन्द्रहरुमा प्रश्न पत्र पठाउनु अघिको प्रक्रिया, दस्तावेज, प्रश्न पत्रको शिलबन्दी र त्यसको तस्बिर, भिडियो लगायतका सबै अवस्था बारे सुक्ष्म अनुसन्धान गरेको र जिल्लाबाट प्रश्नपत्र नबाहिरिएको निष्कर्षमा पुगेको बताउँदै भ्रम र हल्लाको पछाडी नलाग्न सबैसँग अनुरोध गरे । 
    उनले झुठो अफवाहा फैलाएर जिल्लावासी र यहाँका प्रशासनलाई समेत बदनाम गर्ने प्रयास भइरहेकोले यसलाई रोक्न सबैको पहल जरुरी रहेको बताए ।
    सो कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई समितिका अधिकारी शंकर लुइटेलले प्रश्नपत्र गोप्य रुपमा छपाई भई सोझै सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयमा आउने गरेको जानकारी दिए । 
    प्रहरी उपरिक्षक राजेन्द्र विष्टले परिक्षा रद्द भएको विषयलाई लिएर तनावमा रहेका विद्यार्थीलाई घुसपैठ गरेर केही उच्श्रृखंल तत्वले वातावरण अशान्त बनाउन खोजेको भन्दै त्यसबाट सावधान रहन सबैमा अपिल गरे । 
    उनले विद्यार्थीलाई उक्साएर चक्काजाम र तोडफोड गराउन केही तत्व लागिपरेकोले बताउँदै सो क्रममा चार÷पाँच जना प्रहरी समेत घाइते भएको जानकारी दिए । उनले वातावरण बिग्रिन नदिन प्रहरीले हदैसम्मको संयमता अपनाएकोले विद्यार्थीहरुलाई पनि संयमता अपनाउन अनुरोध समेत गरे । 
    यसैबीच एसईई परिक्षाको प्रश्नपत्र लगातार बाहिरिएपछि छानबिन गर्न प्रदेश प्रहरीको ब्यूरो र नेपाल प्रहरीको केन्द्रि अनुसन्धान ब्यूरो (सीआइबी) को टोली राजविराज आइपुगि छानबिन थालेका छन् । टोलीले आइटी विशेषज्ञको सहयोग लिई काम सुरु गरिसकेको प्रजिअ पौडेलले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?