अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे 

राजविराज राजविराज
|
आइतबार, श्रावण ८, २०७९
|
|
४६ पटक हेरिएको
Shares
अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे 

सारांश

  •     पति बैदेशिक रोजगारीमा मलेशियामा रहेको मौका छोपी आइतबार बिहान जग्गाको अंश विषयको विवादमा बलरामको निर्घात कुटपिटबाट रेखाको टाउको फुटेको छ ।
  • उनको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
  •       कुटाईबाट रेखाको टाउकोमा चार वटा टाका लगाइएको तथा शरीरको अन्य भागमा पनि चोट देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ८ साउन । 

    राजविराज नगरपालिका वडा नं. १३ पिपराई टोल बस्ने बलराम यादवले आफ्नै भाउजु रेखालाई निर्घात कुटपिट गरेका छन् । जग्गा अंशको निहुँमा देवर बलरामले भाउजुलाई निर्घात कुटपिट गरेका हुन् । 
    पति बैदेशिक रोजगारीमा मलेशियामा रहेको मौका छोपी आइतबार बिहान जग्गाको अंश विषयको विवादमा बलरामको निर्घात कुटपिटबाट रेखाको टाउको फुटेको छ । उनको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । 
    कुटाईबाट रेखाको टाउकोमा चार वटा टाका लगाइएको तथा शरीरको अन्य भागमा पनि चोट देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् । 
    बलरामले पटक पटक जग्गा अंशको विषयलाई लिएर कुटपिट र गालीगलौज गर्दै आएका रेखाले बताइन् । उनले कहिले पैसा माग्ने गरेको त कहिले जग्गा अंश माग्ने गरेकोमा दाजुसँग नै कुरा गर्न भन्दा ज्यानै लिने गरि आक्रमण गरेको सुनाइन् । 
    सप्तरीको महदेवा गाउँपालिका १ माइत भएकी रेखाकोतर्फबाट आइतबार नै बुबा राजेन्द्रले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिई पीडकमाथी कारवाहीको माग गरेको छ । प्रहरीले पीडकको खोजि भइरहेको जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैशाख १ मा जन्मेका वरिष्ठ उद्योगपति काबराको सोही दिन निधन
बैशाख १ मा जन्मेका वरिष्ठ उद्योगपति काबराको सोही दिन निधन
जग्गा कित्ताकाट प्रकृया सुरु गर्न माँग गर्दै ध्यानाकर्षण पत्र
जग्गा कित्ताकाट प्रकृया सुरु गर्न माँग गर्दै ध्यानाकर्षण पत्र
प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता,  बैशाख ५ देखी प्रतियोगिता हुने
प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता,  बैशाख ५ देखी प्रतियोगिता हुने
पडेमरा अग्निपीडित परिवारलाई जस्तापाता बितरण
पडेमरा अग्निपीडित परिवारलाई जस्तापाता बितरण
डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने
डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
डुंगाबाट तस्करी गर्दै गरेको  अवस्थामा ३५ कार्टुन मदिरा बरामद
डुंगाबाट तस्करी गर्दै गरेको  अवस्थामा ३५ कार्टुन मदिरा बरामद
मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता 
मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता 
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न
दुई भारतीय युवकसहित तीन जना लागु औषधसहित पक्राउ 
दुई भारतीय युवकसहित तीन जना लागु औषधसहित पक्राउ