सरकारी निकायको चरम लापरवाही, १२ वर्षदेखी नागरिकता प्रमाणपत्र नं. बिना कै नागरिकता प्रयोग हुँदै

राजविराज राजविराज
|
शनिबार, मंसिर २२, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •     नागरिकता पाएको १२ वर्षपछि नागरिकतामा टाँसिएको धुम्लिएको फोटो परिवर्तन गर्न मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरी पुग्दा नागरिकता प्रदान गर्ने निकायको चरम लापरवाही देखिएको हो ।
  •       सप्तरीको साविकको बेल्ही चपेना गाविस वडा नं.
  • ४ निवासी अमरिकादेवी मण्डलले पाएको नागरिकतामा धुम्लिएको फोटो परिवर्तन गर्न खोज्दा सरकारी लापरवाही उदाङ्गो भएको हो ।

नवीनकुमार गुप्ता
राजविराज, २१ मंसिर । 
    नागरिकता प्रमाणपत्र प्रदान गर्ने निकायको चरम लापरवाहीका कारण सप्तरीकी एक महिलाले पीड भोग्नु परेको छ । 
    नागरिकता पाएको १२ वर्षपछि नागरिकतामा टाँसिएको धुम्लिएको फोटो परिवर्तन गर्न मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरी पुग्दा नागरिकता प्रदान गर्ने निकायको चरम लापरवाही देखिएको हो । 


    सप्तरीको साविकको बेल्ही चपेना गाविस वडा नं. ४ निवासी अमरिकादेवी मण्डलले पाएको नागरिकतामा धुम्लिएको फोटो परिवर्तन गर्न खोज्दा सरकारी लापरवाही उदाङ्गो भएको हो । 
    उनले २०६३ साल फागुन १८ गते जिल्ला प्रशासन कार्यालयको टोली मार्फत नेपाली नागरिकताको प्रमाणपत्र बनाएकी थिइन् । तर, सो नागरिकतामा नागरिकता प्रमाणपत्र नं. नै उल्लेख गरिएको छैन् । तत्कालिन टोली प्रमुख रबिन्द्र कुमार महथाको हस्ताक्षर रहेको सो नागरिकता प्रमाणपत्र बंशजको आधारमा दिइएको थियो । 
    च्यस्नागरिकतामा टाँसिएको फोटो बिग्रिएपछि उनी नागरिकताको प्रतिलिपी तथा फोटो परिवर्तन लिन जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन् । नागरिकता फाँटका कर्मचारीहरुले सक्कल नागरिकताको प्रमाणपत्रमा प्रमाणपत्र नं. उल्लेख नभएको देखेपछि चकित परेका थिए । 


    नं. नै उल्लेख नभएपछि अलमलमा परेका कर्मचारीहरुले उनलाई पुनः नयाँ प्रक्रियाबाट नागरिकता बनाउन र सम्पूर्ण प्रक्रिया पुरा गरेर आउन भनेको पीडित महिला अमरिकाले बताइन् ।
    उनले नागरिकता टोलीमा खटिएका कर्मचारीको लापरवाहीका कारण आफू अनावश्यक झन्झटमा परेको सुनाउँदै यसतर्फ सहयोग गरिदिन हुन संचारकर्मीहरुलाई आग्रह गरेकी छिन् । 
    यसअघि नागरिकताको कुनै कामै नपरेकाले आफूले पनि नं. भए नभएको बारे खासै चासो नदिएको उनले बताईन् । 
    यद्दपी सरकारी कार्यालयबाट भएको गम्भिर त्रृटीप्रति अमरिका देवी अनभिज्ञ हुँदा विगत १२ वर्षदेखी सोही नागरिकताको प्रतिलिपी विभिन्न रेमिट्यान्समा प्रयोग गर्दै आएकी थिइन् । छोरा बैदेशिक रोजगारका लागि विदेशमा रहेकोले रकम पठाउँदा उनले सोही नागरिकताको प्रतिलिपि प्रयोग गर्दा समेत ती निकायले प्रमाणपत्र नं. नभएकोप्रति कहिले जानकारी पाएनन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश
शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश
व्यक्तिगत रुपमै नेता मण्डलले गरिब, विपन्न तथा सहिद परिवारलाई राहत बितरण गर्दै 
व्यक्तिगत रुपमै नेता मण्डलले गरिब, विपन्न तथा सहिद परिवारलाई राहत बितरण गर्दै 
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती
एनपिएल बिजेता टोलीलाई नगदसहित सम्मान
एनपिएल बिजेता टोलीलाई नगदसहित सम्मान
सबै विकासीय कार्यको हिसाब पारदर्शी छ ः अध्यक्ष गोइत
सबै विकासीय कार्यको हिसाब पारदर्शी छ ः अध्यक्ष गोइत
चिसो बढेपछी विद्यालयमा बिदा 
चिसो बढेपछी विद्यालयमा बिदा 
धार्मिक कार्यक्रम स्थल तथा भवन  निर्माणका लागि सहयोग जुटाउन महायज्ञ
धार्मिक कार्यक्रम स्थल तथा भवन  निर्माणका लागि सहयोग जुटाउन महायज्ञ
“मारवाडी समुदायलाई राज्यले विभेद ग¥यो”
“मारवाडी समुदायलाई राज्यले विभेद ग¥यो”
अदालत र कर कार्यालयमा प्याडलसहितको हातधुने स्टेशन जडान
अदालत र कर कार्यालयमा प्याडलसहितको हातधुने स्टेशन जडान
मजदुर संघ सप्तरीद्वारा मागहरु सुनुवाई नभएको भन्दै संघर्षका कार्यक्रम घोषणा
मजदुर संघ सप्तरीद्वारा मागहरु सुनुवाई नभएको भन्दै संघर्षका कार्यक्रम घोषणा