राजविराज÷सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले आफूले कुनै भ्रष्टाचार नगरेको स्पष्ट पार्दै बम विस्फोट गराइएको घटनाप्रति खेद प्रकट गरेका छन् ।
शुक्रबार राती अध्यक्ष गोइतको बलान बिहुल गाउँपालिका २ स्थित घरमा जयकृष्ण गोइत नेतृत्वको मोर्चाले भ्रष्टाचार गरेको आरोप लगाउँदै बम विस्फोट गराए पश्चात् शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले सो स्पष्टिकरण दिएका हुन् ।
अध्यक्ष गोइतद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले जिल्लाकै विकट गाउँपालिकाको रुपमा स्थापित बलान बिहुल अहिले विकासोन्मूख हुने तरखरमा रहेको बेला यस्ता बम विस्फोटले आफू अलिकति पनि विच्चलीत नभएको उल्लेख गरे । उनले भने, “गाउँपालिका जिर्ण अवस्थामा रहेको बेला विगत दुई वर्षदेखी अथक प्रयास पश्चात् विकासको कार्यहरु अगाडी बढाए र अहिले गाउँपालिकामा बिजुली बत्ति र सडक बिस्तारका कार्यहरु सम्पन्न हुने अवस्था रहेको छ ।” उनले थपे, “सबै वकासीय योजनाहरुको कार्य पारदर्शी र टेण्डर प्रक्रियाद्वारा गरिएको छ ।”
पत्रकार सम्मेलनमा अध्यक्ष गोइतले बम विस्फोटका घटनाले गाउँपालिकामा मात्र नभएर जिल्लाका सम्पूर्ण स्थानिय निकायका जनप्रतिनिधिलाई चुनौती थपिएको उल्लेख गरे ।
सोही पत्रकार सम्मेलनमा तिरहुत गाउँपालिकाका अध्यक्ष मनोज बहडखेरले यस्ता घटनाले जनप्रतिनिधिहरुलाई काम गर्न सकस हुने बताउँदै प्रशासनले अपराधिलाई कानुनको दायरामा ल्याउन आग्रह गरे । त्यस्तै तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले शान्ति सुरक्षाको अनुभुती पाइरहेका जिल्लावासीले पुनः डरत्रासमा बस्ने वातावरण आउन नदिन प्रशासन चनाखो हुनुपर्नेमा जोड समेत दिए ।
रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जनप्रतिनिधीहरुमाथी हुने यस्ता घटनाले विकासीय कार्यमा बाधा पुग्न सक्ने सम्भावना समेत रहेकोले प्रदेश र संघीय सरकारले जनप्रतिनिधिहरुको सुरक्षाको ग्यारेन्टी गर्न अग्रसर हुनुपर्ने बताए ।
जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष मनोज कुमार यादवले जनप्रतिनिधिहरु पारदर्शी रुपमा काम गरे पनि कुनै वहानामा यस्ता घटना गराउने जो सुकैलाई कानुनको दायरामा ल्याउनु पर्ने माँग गरे ।
सो पत्रकार सम्मेलनमा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, महदेवा गाउँपालिकाका अध्यक्ष दिपक यादवसमेतको उपस्थिति रहेको थियो ।
सबै विकासीय कार्यको हिसाब पारदर्शी छ ः अध्यक्ष गोइत
सारांश
- पत्रकार सम्मेलनमा अध्यक्ष गोइतले बम विस्फोटका घटनाले गाउँपालिकामा मात्र नभएर जिल्लाका सम्पूर्ण स्थानिय निकायका जनप्रतिनिधिलाई चुनौती थपिएको उल्लेख गरे ।
- सोही पत्रकार सम्मेलनमा तिरहुत गाउँपालिकाका अध्यक्ष मनोज बहडखेरले यस्ता घटनाले जनप्रतिनिधिहरुलाई काम गर्न सकस हुने बताउँदै प्रशासनले अपराधिलाई कानुनको दायरामा ल्याउन आग्रह गरे ।
- त्यस्तै तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले शान्ति सुरक्षाको अनुभुती पाइरहेका जिल्लावासीले पुनः डरत्रासमा बस्ने वातावरण आउन नदिन प्रशासन चनाखो हुनुपर्नेमा जोड समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया