अदालत र कर कार्यालयमा प्याडलसहितको हातधुने स्टेशन जडान

राजविराज राजविराज
|
मंगलबार, आश्विन २७, २०७७
|
|
४२ पटक हेरिएको
Shares
अदालत र कर कार्यालयमा प्याडलसहितको हातधुने स्टेशन जडान

सारांश

  •     युनिसेफ प्रदेश कार्यालय जनकपुधामको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र, नेपालको सहजिकरणमा सो प्याडलसहितको हातधुने स्टेशन जडान गरिएको हो ।
  •       उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश प्रकाश चन्द्र गजुरेल तथा करदाता सेवा कार्यालयका प्रमुखले पनि हातधोएर स्टेशनको उद्घाटन गरेका थिए ।
  •       उच्च अदालत र करदाता सेवा कार्यालयको परिसर भित्र सेवाग्राहीहरूको भिडभाड अत्याधिक रहने हुनाले कोभिड १९ संक्रमणको जोखिम न्युनिकरण तथा विश्व हातधुने दिवसलाई सफलता साथ सम्पन्न गर्ने उद्देश्यले सो स्टेशन जडान गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २७ असोज । 
    कोरोना संक्रमणको उच्च जोखिम रहेको बेला उच्च अदालत जनकपुर राजविराज इजलास तथा करदाता सेवा कार्यालय राजविराजमा प्याडलसहितको हातधुने स्टेशन जडान गरिएको छ । 
    युनिसेफ प्रदेश कार्यालय जनकपुधामको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र, नेपालको सहजिकरणमा सो प्याडलसहितको हातधुने स्टेशन जडान गरिएको हो । 
    उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश प्रकाश चन्द्र गजुरेल तथा करदाता सेवा कार्यालयका प्रमुखले पनि हातधोएर स्टेशनको उद्घाटन गरेका थिए । 
    उच्च अदालत र करदाता सेवा कार्यालयको परिसर भित्र सेवाग्राहीहरूको भिडभाड अत्याधिक रहने हुनाले कोभिड १९ संक्रमणको जोखिम न्युनिकरण तथा विश्व हातधुने दिवसलाई सफलता साथ सम्पन्न गर्ने उद्देश्यले सो स्टेशन जडान गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए । 
    न्यायाधीश शेखर चन्द्र अर्याल, रजिष्टार रामप्रसाद भट्टराई, उच्च बार एशोसिएशन राजविराजका अध्यक्ष रामानन्द साह, जिल्ला बारका अध्यक्ष डोमन साह, उच्च बार एशोसिएशनका पूर्व अध्यक्ष श्याम नारायण साह, पूर्व कोषाध्यक्ष नवीन सिंह, उच्च उदालतका कर्मचारी तथा संस्थाका अध्यक्ष एवं पदाधिकारी, कर्मचारी लगायतको सहभागीता रहेको थियो । 
    यसअघि जिल्ला अदालत सप्तरी परिसरमा पनि सो स्टेशन जडान गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ