दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
राजविराज नगरपालिका वडा नं. ७ स्थित कर्मचारी मिलन केन्द्रको कम्पाउण्डमा बिरामी अवस्थामा मंगलबार बिहान फेला परेको एक बाछोको उपचार गरिएको छ ।
राजविराज वडा नं. ७ का वडासदस्य रमानन्द देवका अनुसार मंगलबार बिहान एक स्थानीयले फोन गरेर केन्द्रको कम्पाउण्डमा बाछो मरेको भनेर जानकारी गराएका थिए । वडा सदस्य देवसहित नगरपालिकाका केही सरसफाई कर्मचारी त्यहा पुग्दा मरेको भनिएको बाछो बिरामी अवस्थामा जिवितै भेटाएका थिए । उनले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहलाई उक्त घटना बारे जानकारी गराएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत डा. साहले बिरामी अवस्थामा रहेको बाछोको उपचारका लागि तत्कालै पशु शाखाका डा. महेन्द्र यादवलाई खबर गरि बाछोको उपचारका लागि पशु चिकित्सक पठाइदिन आग्रह गरे । सो आग्रहपछी पशु शाखाका डा. यादवसहितको टोलीले बाछोको उपचार गरिएको वडासदस्य देवले जानकारी दिए । हाल बाछोलाई उपचार पश्चात् सोही स्थानमा राखिएको छ ।
यता वेवारिसे अवस्थामा भेटिएको बिरामी बाछो धनीको खोजकार्य भइरहेको राजविराज नगरपालिकाका सरसफाई शाखाका इन्चार्ज ज्योतिष यादवले बताए । उनका अनुसार नगरपालिकाको सडकमा छाडा रुपमा छोडिने पशु चौपायाप्रति नगरपालिकाले कारवाही गर्ने गरेको बताए ।
केही दिनयता राजविराज नगरपालिकाले छाडा पशुचौपाय नियन्त्रण गरि पशुधनीलाई जरिवाना तिराउने कार्य गरिरहेकोले सोही डरले पनि बाछो धनी सम्पर्कमा आउन नचाहेको हुन सक्ने स्थानीय तरकारी व्यवसायीको भनाई छ ।
वेवारिसे फेला परेको बाछोको राजविराज नगरपालिकाले ग¥यो उपचार
सारांश
- राजविराज वडा नं.
- ७ का वडासदस्य रमानन्द देवका अनुसार मंगलबार बिहान एक स्थानीयले फोन गरेर केन्द्रको कम्पाउण्डमा बाछो मरेको भनेर जानकारी गराएका थिए ।
- वडा सदस्य देवसहित नगरपालिकाका केही सरसफाई कर्मचारी त्यहा पुग्दा मरेको भनिएको बाछो बिरामी अवस्थामा जिवितै भेटाएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया