महिला सशक्तिकरणको लागि  छिन्नमस्तामा ’रुइ’ परियोजना संचालनमा

राजविराज राजविराज
|
शनिबार, बैशाख २२, २०८१
|
|
२३ पटक हेरिएको
Shares
महिला सशक्तिकरणको लागि  छिन्नमस्तामा ’रुइ’ परियोजना संचालनमा

सारांश

  •     छिन्नमस्ता गाउँपालिकाको समन्वयमा वल्र्ड फुड प्रोग्रामको नेतृत्वमा युएनको पाँचवटै एजेन्सीद्वारा उक्त पाँच वर्षे आयोजना संचालनमा रहेको छ ।
  •       उत्पादन मुलुक क्षेत्रमा लगाएर पिछडिएका महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन यो परियोजना संचालनमा ल्याएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिर्दै परियोजनामा ३४ वटाको समुहको ९ सय भन्दा बढी महिलाको प्रत्यक्ष सहभागिता रहेको बताए ।
  •     छिन्नमस्ताको ३ नं र ५ नं वडामा महिलाहरुको समुह बनाएर करिब ६ महिनादेखि यो परियोजना संचालानमा रहेको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ बैशाख । 

    आर्थिक र सामाजिक रुपमा पछाडी रहेको समुदायको महिलाहरुलाई सशक्तिकरणको लागि सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रुई परियोजना संचालनमा ल्याइएको छ । 
    छिन्नमस्ता गाउँपालिकाको समन्वयमा वल्र्ड फुड प्रोग्रामको नेतृत्वमा युएनको पाँचवटै एजेन्सीद्वारा उक्त पाँच वर्षे आयोजना संचालनमा रहेको छ । 
    उत्पादन मुलुक क्षेत्रमा लगाएर पिछडिएका महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन यो परियोजना संचालनमा ल्याएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिर्दै परियोजनामा ३४ वटाको समुहको ९ सय भन्दा बढी महिलाको प्रत्यक्ष सहभागिता रहेको बताए ।
    छिन्नमस्ताको ३ नं र ५ नं वडामा महिलाहरुको समुह बनाएर करिब ६ महिनादेखि यो परियोजना संचालानमा रहेको छ । परियोजना मार्फत उनीहरूलाई कृषि, लघु उद्यम सम्बन्धि तालिम, बिउ बिजन दिने तथा उत्पादन मुलुक क्षेत्रमा सघाउने लगायतका कामहरु गर्ने गरिएको छ । 
    उनले यही १७ गते मात्र वडा नं ३मा ६ सय ३१ जनालाई ६ हजार ७ सय २० केजी र  वडा नं ५ मा १० केजीको दरले हुने गरि १ हजार ५ सय ७५ केजी धानको बीउ वितरण गरेको बताए ।
    अध्यक्ष चौधरीले वितरण गरिएको बिउ मदर सिड्स (आमा बिउ) रहेकोले अगामी वर्षमा पनि त्यसैबाट बिउ प्रयोग हुनसक्ने बताए ।
    दोस्रो चरणमा महिला सदस्यहरूलाई निःशुल्क उन्नत जात अन्तर्गतको साबा मन्सुली, राधा १२, सुखा धान, बहुबुनी, सर्बना धानको मुल बिउ बितरण गरिएको जसले उत्पादनमा वृद्धि, पोषणलाई सबल,वातावरणीय प्रभावमा जलबायु अनुकूरण, जिबिकोपार्जनमा जोड तथा आर्थिक र सामाजिक रुपले पछाडी परेका महिलाहरुलाई आर्थिक सशक्तिकरणमा टेरुस्वा पुग्ने उनले विश्वास लिएका छन् । 
    उनले यस परियोजना अन्तर्गत यस अघि कोदो (मरुवा)को बीउ ८० केजी, तरकारी तथा हिउँदे तरकारीको बिउ करिब ३० बिघा जमिनलाई पुग्ने गरि ५८ केजी बितरण गरिसकेको बताए । उन्नत जातको धानको बीउ ३ मेट्रीटन, गहुँको बिउ १० हजार ८० केजी, आलु हाइल्याण्डको बिउ  ७५० केजी बितरण गरिसकेका उनले तबाए । 
    अध्यक्ष चौधरीले ५ बर्षको यस परियोजनमा करिब ५ अर्ब रुपैयाँ लागत लाग्ने बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ