सद्भाव ¥यालीसहित “मोहम्मद डे” मनाइयो 

राजविराज राजविराज
|
बिहिबार, आश्विन ११, २०८०
|
|
१८४ पटक हेरिएको
Shares
सद्भाव ¥यालीसहित “मोहम्मद डे” मनाइयो 

सारांश

  •     राजविराज नगरपालिकाको विभिन्न वडाबाट आएका मुस्लिम समुदायका व्यक्तिहरु नुरीजामा मस्जिदमा भेला भई हिन्दु धर्मावलम्बीहरुको सहभागितामा सद्भाव ¥याली निकालिएको हो ।
  •       मधेश प्रदेश सरकारले मोहम्मद पैगम्बरको जन्म जयन्ति मनाउन बिहीबार सार्वजनिक बिदा दिएपछि ¥यालीमा उल्लेख्य सहभागिता र उत्साह दुबै देखिएको आयोजक मुस्लिम समाज राजविराजका अध्यक्ष मो.
  • तैयब अनसारीले बताए ।

दैनिक समाचारदाता
राजविराज, ११ असोज । 

    इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्म जयन्ति “मोहम्मद डे” बिहीबार सद्भाव ¥यालीसहित हर्षोल्लासका साथ मनाइएको छ । 
    राजविराज नगरपालिकाको विभिन्न वडाबाट आएका मुस्लिम समुदायका व्यक्तिहरु नुरीजामा मस्जिदमा भेला भई हिन्दु धर्मावलम्बीहरुको सहभागितामा सद्भाव ¥याली निकालिएको हो । 
    मधेश प्रदेश सरकारले मोहम्मद पैगम्बरको जन्म जयन्ति मनाउन बिहीबार सार्वजनिक बिदा दिएपछि ¥यालीमा उल्लेख्य सहभागिता र उत्साह दुबै देखिएको आयोजक मुस्लिम समाज राजविराजका अध्यक्ष मो. तैयब अनसारीले बताए । 
    प्रहरीको कडा सुरक्षाबीच निकालिएको सद्भाव ¥यालीमा राजविराज नगरपालिकाका (हाल निलम्बित) मेयर भिमराज यादव, कार्यवाहक मेयर इसरत परबिन, जसपाका युवा नेता लक्ष्मण यादव, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङका साथै ठूलो संख्यामा हिन्दु धर्मावलम्बी समेत सहभागि भए । 
    राजविराजमा विभिन्न स्थानबाट आएका मुस्लिम समुदायका युवा, युवती, बृद्धबृद्धा तथा बालबालिकाहरु बाजागाँजा र विभिन्न नाराका साथ नगर परिक्रमा गरे । 
    इस्लामिक पात्रो हिजरी सम्वत्को रब्बि अब्बल महिनामा साउदी अरबको मक्कामा विबी अमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ति मनाउने गरिएको मुस्लिम समाजका उपाध्यक्ष फैयाज अन्सारीले बताए । 
    यस अवसरमा विभिन्न नाअत सरिफ वाचन गर्ने तथा उनका उपदेश र बानीको स्मरण गर्ने गरिएको मौलाना कैशर रजा बताउँछन् । पैगम्बर मोहम्मदले आफ्नो जिवनको सम्पूर्ण लक्ष्य समाज सुधार र ब्यवहारिक धर्मको प्रचार प्रसारमा केन्द्रित गर्नुका साथै समाजमा रहेका रुढीवादी सोच, परम्परा, अन्धविश्वास र बिकृतीहरुको बिरुद्ध ठूलै संघर्ष गरेको मुस्लिम अगुवाहरुको भनाई छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषा र बारा प्रधानमन्त्री कप छनोट  प्रतियोगिताको फाइनलमा भिड्ने
धनुषा र बारा प्रधानमन्त्री कप छनोट  प्रतियोगिताको फाइनलमा भिड्ने
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
हेल्प मधेशीद्वारा बाढी पीडितलाई शैक्षिक सामग्री बितरण
हेल्प मधेशीद्वारा बाढी पीडितलाई शैक्षिक सामग्री बितरण
ऐतिहासिक पुस्तकालयको भविष्य अन्यौलमा
ऐतिहासिक पुस्तकालयको भविष्य अन्यौलमा
एउटै नगरपालिकाका दश फरार प्रतिवादी पक्राउ
किसान आन्दोलनको बिरोधी होइन् ः नगर प्रमुख साह
किसान आन्दोलनको बिरोधी होइन् ः नगर प्रमुख साह
बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु,  ट्रकमा ठोकिदा मोटरसाइकल चालक घाइते 
मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु,  ट्रकमा ठोकिदा मोटरसाइकल चालक घाइते 
सरकारी रकमको दुरुपयोग,  सुन्दरी खोला बग्ने धारमै सामुदायिक भवन निर्माण हुँदै
सरकारी रकमको दुरुपयोग,  सुन्दरी खोला बग्ने धारमै सामुदायिक भवन निर्माण हुँदै
विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि  र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि  र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?