दैनिक समाचारदाता
राजविराज, १७ जेठ ।
सप्तरी सदरमुकाम राजविराजस्थित मेन रोडका दुई वटा पसलमा बिहीवार मध्यराती चोरी भएको छ ।
बिहीबर साँझदेखी वर्षासँगै चलेको हावाहुरीका कारण सबेरै पसल बन्द गरेर पसलेहरु घर गएका बेला मुख्य बाजारका दुई वटा पसलमा चोरी भएको हो ।
राजविराज ७ स्थित लक्ष्मी इलेक्ट्रोनिक्स र सोही पसलसँग टाँसिएका पुजा पान भण्डारमा भएको चोरीका घटनामा नगद २५ हजार, मोवाइल, रिचार्ज कार्ड, पेन ड्राइभ, मेमोरी कार्ड र क्यामरा गरी करीब ३ लाख १० हजारको चोरी भएको पीडितहरुले बताएका छन् ।
“बिहान पसल खोल्न आउँदा मात्र चोरी भएको थाहा पाएको लक्ष्मी इलेक्ट्रोनिक्सका संचालक बेचु दासले बताए । उनका अनुसार पसलबाट नगद र ११ थान मोवाइलसहित २ लाख ६० हजार रुपैयाँको सरसमान चोरी भएको हो ।
सोही पसलदेखि टाँसिएको पुजा पान भण्डारबाट ५० हजार बराबरको चोरी भएको संचालक रविन्द्र चौरसियाले बताए । चोरले चौरसियाकै पसल फुटाएर पहिला उनको पसलमा तथा त्यसपछि भित्रि दिवाल फुटाएर दासको पसलमा चोरी गरेको पाइएको डिएसपी भावेश रिमालले बताए ।
घटनास्थलबाट पसल र पर्खाल फोड्न प्रयोग गरिएको एक थान खन्तीसमेत प्रहरीले बरामद गरेको छ । पीडितको जाहेरीको आधारमा आवश्यक अनुसन्धान शुरु गरिएको डिएसपी रिमालले बताए ।
एकै रात दुई पसलमा लाखौंको चोरी
सारांश
- बिहीबर साँझदेखी वर्षासँगै चलेको हावाहुरीका कारण सबेरै पसल बन्द गरेर पसलेहरु घर गएका बेला मुख्य बाजारका दुई वटा पसलमा चोरी भएको हो ।
- राजविराज ७ स्थित लक्ष्मी इलेक्ट्रोनिक्स र सोही पसलसँग टाँसिएका पुजा पान भण्डारमा भएको चोरीका घटनामा नगद २५ हजार, मोवाइल, रिचार्ज कार्ड, पेन ड्राइभ, मेमोरी कार्ड र क्यामरा गरी करीब ३ लाख १० हजारको चोरी भएको पीडितहरुले बताएका छन् ।
- “बिहान पसल खोल्न आउँदा मात्र चोरी भएको थाहा पाएको लक्ष्मी इलेक्ट्रोनिक्सका संचालक बेचु दासले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया