दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
सप्तरीको कान्छो स्थानिय तह बलानबिहुल गाउँपालिका पूर्ण बिुद्युतीकरणतर्फ उन्मूख हुँदैछ । विगतमा विद्युत नभएको गाउँमा अहिले स्थानिय जनप्रतिनिधिको प्रयासबाट विद्युतीकरण हुने कार्य धमाधम भइरहेकोले स्थानिय खुशी देखिएका छन् ।
यसैबीच सो गाउँपालिका वडा नं. ४ बेल्हीमा शुक्रबार पूर्ण विद्युत युक्त वडा घोषणा भएको छ । यो सँगै गाउँपालिकामा रहेको ६ वडा मध्ये वडा नं. १, ३ र ४ पूर्ण विद्युत युक्त वडा घोषणा भएको छ ।
गाउँपालिका अध्यक्ष दयानन्द गोइत र वडा अध्यक्ष मो. हन्सु मियाँ आलमले संयुक्त रुपमा रिबन काटेर वडा विद्युत युक्त भएको घोषणा गरेका छन् ।
सो वडामा पर्ने पाँच टोलमा ३ वटा १ सय केभीको ट्रान्सफर्मर जडान पश्चात् विद्युतीकरण सम्पन्न भएको गाउँपालिका अध्यक्ष गोइतले जानकारी दिए ।
यसअघि बुधबार मात्र वडा नं. ३ लाई पूर्ण बिजुली युक्त वडा घोषणा गरिएको थियो । यस्तै वडा नं. २ का ७० प्रतिशत घरमा बिजुली बलिरहेको जानकारी दिँदै अध्यक्ष गोइतले सो वडामा १० वटा बिजुलीका पोलहरु जडान गर्न केही आन्तरिक कलह रहेको तथा सो कलह हट्ने बित्तिकै बाँकी ३० प्रतिशत घरमा पनि बिजुली बल्ने बताए ।
त्यस्तै वडा नं. ५ र ६ मा गाउँपालिकाले पोल र बिद्युत तार लगाउने कार्य सम्पन्न गरेपनि सो वडाहरुमा एडिबि प्रोजेक्ट चलिरहेको तथा ११ हजार भोल्टको तार नआएको कारणले गर्दा बिजुली बल्न नसकेको बताए । उनले एडिबीले ११ हजार भोल्टको तार लगाउने बित्तिकै दुबै वडामा बिजुली बल्ने उल्लेख गरे ।
गाउँपालिकाले गत आ.ब.मा गाउँपालिकाको ६ वटै वडामा बिजुलीकरणका लागि ३ करोड २१ रकम छुट्याएको अध्यक्ष गोइतले जानकारी दिए ।
बलानबिहुलको वडा नं. ४ पूर्ण विद्युत युक्त वडा घोषणा
सारांश
- यसैबीच सो गाउँपालिका वडा नं.
- ४ बेल्हीमा शुक्रबार पूर्ण विद्युत युक्त वडा घोषणा भएको छ ।
- यो सँगै गाउँपालिकामा रहेको ६ वडा मध्ये वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया