दैनिक समाचारदाता
राजविराज, ५ असार ।
सप्तरीको रुपनी गाउँपालिकाले आगामी आ.ब. २०८१÷८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार गाउँपालिकाको पाँचौं गाउँसभाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्नेमा रुपनी गाउँपालिका जिल्लाको १८ वटै पालिक मध्ये पहिलो बनेको छ ।
पाँचौं गाउँसभामा उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगिले आगामी आ.ब. २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।
वार्षिक नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, धार्मिक पर्यटन र सिचाई जस्ता क्षेत्रलाई प्राथमिकता दिइएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिकाको प्रत्येक वडाका एक÷एक वटा आधारभुत विद्यालयमा कक्षा १ देखी ३ सम्म अंग्रेजी माध्यमको पढाई र त्यसका लागि आवश्यक पूर्वाधार तथा जनशक्तिको व्यवस्था, विपन्न समुदायका प्रत्येक वडाबाट पाँच÷पाँच जना बालबालिकाको छनौट गरि अभिभावक्त्व ग्रहणसहित उनीहरुको पढाईमा लाग्ने सम्पूर्ण खर्च पालिकाले व्यहोर्ने उल्लेख छ ।
यस्तै कक्षा १ देखी १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरुको परिक्षा शुल्क निशुल्क गरिने, कक्षा कोठामा शिक्षक र विद्यार्थीलाई मोबाइल प्रयोगमा निषेध गरिने र पालिका भित्र १८ वर्ष मूनीका बालबालिकालाई सूर्तीजन्य पदार्थ र मादक पदार्थ बिक्रि बितरणमा रोक लगाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिका भित्र अतिक्रमित सम्पूर्ण सार्वजनिक जग्गा खाली गराउँदै लगिने, नदी कटान रोक्न बायोइन्जिनियरिङ प्रणालीको अवलम्वन, पालिकाको सबै वडामा फ्रि वाइफाई सेवा तथा किसानलाई कृषि मिटर दिने व्यवस्थालाई निरन्तरता लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
सो अवसरमा प्रमुख अतिथि पूर्वमन्त्री महेश प्रसाद यादवले स्थानीय सरकार संचालन ऐनले तोकेको समयसीमा भित्रै गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएकोमा प्रशंसा गर्दै यसको प्रभावकारीताका साथ कार्यान्वयन हुनु पर्नेमा जोड दिए ।
उनले रुपनी गाउँपालिकालाई प्रदेश सरकारबाट आवश्यक पर्ने सहयोगका लागि आफूले पनि पहल गर्ने प्रतिबद्धता समेत जनाए । उनले साक्षर प्रदेश बनाउनका लागि सबैभन्दा पहिला स्थानीय पालिकाबाटै अभियान सुरु गर्नुपर्ने बताए । स्थानीय पालिकाहरुले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना गराउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड समेत दिए ।
प्रदेशका पूर्व शिक्षा मन्त्री समेत रहेका सांसद यादवले प्रदेशलाई साक्षर बनाउनेतर्फ प्रदेश सरकार अग्रसर भइसकेको अवस्थामा यस अभियानलाई सबै पालिकाहरुले सहयोग गर्नु पर्नेमा जोड दिए ।
गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने बजेट, आन्तरिक आम्दानी, दातृनिकाय एवं विभिन्न संघसंस्थाबाट उपलब्ध हुने श्रोत अनुमान विवरणका आधारमा नीति तथा कार्यक्रम तयार पारिएको जनाए ।
उनकै अध्यक्षता तथा मधेश प्रदेशका सांसद एवं पूर्व शिक्षा, संस्कृती मन्त्री महेश प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पत्रकार महासंघका सभापति श्रवण देवले पत्रकारिता क्षेत्रको विकासका लागि गाँउपालिकाले आवश्यक बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिए ।
रुपनी गाउँपालिकाको नीति तथा कार्यक्रम, शिक्षक र विद्यार्थीलाई विद्यालयमा मोबाइल प्रयोगमा निषेध
सारांश
- पाँचौं गाउँसभामा उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगिले आगामी आ.
- ब.
- २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया