अस्पतालमा सरुवा विषयको विवाद उत्कर्षमा सहज ढंगले स्वास्थ्य सेवा प्रवाहमा समस्या

राजविराज राजविराज
|
आइतबार, चैत्र १३, २०७८
|
|
३० पटक हेरिएको
Shares
अस्पतालमा सरुवा विषयको विवाद उत्कर्षमा सहज ढंगले स्वास्थ्य सेवा प्रवाहमा समस्या

सारांश

  •     विवाद बढ्दै जाँदा स्टोर शाखाबाट विगत १५ दिनदेखि अस्पताल प्रशासनले अतिआवश्यक समाग्री प्रयोग गर्न पाएका छैनन ।
  • जसले गर्दा अस्पतालबाट पाउने निशुल्क औषधी र जाँच सहितका सामान्य सुविधा समेत प्रभावित भईरहेको छ ।
  •       पीडित कर्मचारी स्टोर शाखाका प्रमुख समेत रहेका नायब सुब्बा कामेश्वर रोहिताले निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.

दैनिक समाचारदाता
राजविराज, १३ चैत । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पुर्वाग्रही भएर सरुवा बदर भईसकेको कार्यालयमा रवाना दिएर पठाउन खोज्दा पीडित कर्मचारी र प्रमुखबीच सुरु भएको विवादले सेवा प्रभावित भएको छ । 
    विवाद बढ्दै जाँदा स्टोर शाखाबाट विगत १५ दिनदेखि अस्पताल प्रशासनले अतिआवश्यक समाग्री प्रयोग गर्न पाएका छैनन । जसले गर्दा अस्पतालबाट पाउने निशुल्क औषधी र जाँच सहितका सामान्य सुविधा समेत प्रभावित भईरहेको छ । 
    पीडित कर्मचारी स्टोर शाखाका प्रमुख समेत रहेका नायब सुब्बा कामेश्वर रोहिताले निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलीप साहको हठका कारण विरामीले सास्ती भोग्नु परिरहेको आरोप लगाएका छन् । 
    उनका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरको २०७७ भदौ ३० गतेको निर्णय अनुसार आफ्नो भु–तथा जलाधार कार्यालय सिरहामा सरुवा भएको थियो । त्यसको २५ दिन नबित्दै २०७७ असोज २६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदकै कार्यालयको अर्काे निर्णयले उक्त सरुवा बदर भई आफूलाई गजेन्द्र नारायण सिह अस्पताल मै काम गर्न जिम्मेवारी तोकिएको बताए । त्यतिबेला प्रदेश मातहतमा रहेको उक्त अस्पताल संघिय सरकारको मातहतमा गएपछि २०७७ मंसिर १९ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि प्रदेशबाट संघमा समायोजन भई व्यवस्थापन गर्न बाँकि रहेका आफुलाई अर्काे व्यवस्था नभए सम्मका लागी सोही अस्पतालमा कामकाज गर्न खटाएको उनको भनाई छ । तर नयाँ आएका निमित्त मेसु डा. साहले पदभार ग्रहण गरेको भोली पल्टै पुर्वाग्रही ढंगले एक्कासी रमाना पत्र दिई आफुलाई अलपत्र पार्न खोजेको आरोप लगाए । 
    उनी भन्छन, “सरुवा बदर भई सकेकाले रमाना लिइ कहा जाने ?” उनले रमाना दिने नै हो भने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नाममा दिन माग समेत गरे । 
    निमित्त प्रमुख मेसु डा साहले रोहिताको सिरहास्थित भु–तथा जलाधार कार्यालयमा सरुवा भए पनि रमाना नबुझी अनावश्यक विवाद सृजना गरेको दाबी गरे । यता विवादका कारण स्टोर शाखाबाट समान झिक्न नपाउँदा अहिले अत्यावश्यक बस्तु बाहिरबाट खरिद गर्नू परेको उनको भनाई छ । 
    जिन्सी शाखाका प्रमुख रोहिताको सरुवा भएकाले उनलाई बरबुझारथ गर्न पटक पटक तागेदा गर्दा पनि अटेर गरेको भन्दै डा. साहले हामीले रमाना बुझाउन निर्देशन दिऔं, तर रमाना नबुझेर उनी अदालतमा मुद्दा हालेको गुनासो गरे । अदालतको अल्पकालिन आदेशानुसार चैत्र २१ गते पेशी रहेकाले स्टोर शाखाबाट अत्यावश्यक सरसमान निकाल्न नसकिएको मेसु डा.साहको भनाई छ । 
    जिन्सी शाखाका प्रमुख रोहिताले भने मेसु डा. साहले आफुलाई फसाउन खोजेको आरोप लगाउँछन । उनले अदालतको आदेश बमोजिम आपृmुले पाउन बाकी रहेको तलब भत्ता माग्न जाँदा समेत मेसु डा.साह तयार नभएको र अभद्र शैलिमा अदालतमा अवहेल्ना मुद्दा लिएर जानुस भन्दै हप्काउने गरेको भन्दै न्याय खोज्ने क्रममा आफु कर्मचारी संघ संगठन, ट्रेड युनियन देखी अदालत सम्म पुग्न बाध्य भएको सुनाए । 
    मनपरि विरुद्ध न्यायका लागी आपुृm सर्वाेच्च अदालत पुगेको उनले बताए । अदालतबाट आफ्नो पक्षमा अहिले कुनै पनि बरबुझारथ र सरुवा कार्यान्वय नगर्न अल्पकालिन आदेश आएको छ, उनले भने–यस्को टुंगो नलगे सम्म आफनो जिम्मामा रहेको स्टोरको समान दुरुपयोग र तलमाथी हुन सक्ने भयले साँचो आफै संग राख्न बाध्य भएको छु ।”
    अस्पतालको जिन्सी खाताको सम्पुर्ण कारोबार पान सफ्टवेयरमा कम्प्युटर प्रणाली मार्फत संचालन हुने गरेर र आफुले स्टोरबाट समान दिदा त्यसको लगत सोही प्रणाली मार्फत राख्नका लागी युजर आईडी र पासवर्ड आवश्यक पर्ने भएकाले पटक पटक सो माग्दा पनि मेसुु डा.साहले नदिएको उनको गुनासो छ । 
    यसरी अस्पताल प्रमुख र कर्मचारीको विवादले अस्पतालमा तनाव उत्पन्न हुनुका साथै सहज ढंगले स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । यसबारे प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमसंग जिज्ञासा राख्दा उनले अस्पतालमा देखिएको विवाद समाधानका लागी आपृmुले पहल थालिसकेको र छिट्टै समाधान निस्कीने विश्वास व्यक्त गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता सुरु
अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता सुरु
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो
हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो
तिलाठी गापाका निवर्तमान अध्यक्ष सिंहसहित दुई हजार जनमतमा प्रवेश
तिलाठी गापाका निवर्तमान अध्यक्ष सिंहसहित दुई हजार जनमतमा प्रवेश
भारी शुल्क बृद्धि गरेपछी ५ सय ३७ जना हजायात्रीको  यात्रा प्रभावित 
भारी शुल्क बृद्धि गरेपछी ५ सय ३७ जना हजायात्रीको  यात्रा प्रभावित 
उपप्रमुख मिरा यादव धरौटी तारेखमा रिहा
उपप्रमुख मिरा यादव धरौटी तारेखमा रिहा
टाउको र धड छुट्टीएको  अवस्था महिलाको शव फेला
कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 
निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन