दैनिक समाचारदाता
राजविराज, २५ असार ।
बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापनका लागि महामारी प्रकोप ब्यबस्थापन तथा पुर्व तयारी सम्बन्धी एक दिने बहुनिकायसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
स्वास्थ सेवा बिभाग अन्तर्गत ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा तथा जनस्वास्थ कार्यालय सप्तरीको संयोजनमा बुधबार आयोजित अन्तरक्रियामा बिपदको वेला महामारी हुन नदिन तथा प्रकोपवाट जोगिनका लागि स्वास्थ्यकर्मीहरूलाई तैयारीका साथ श्रोतसाधन परिचालन गर्न आग्रह गरिएको छ ।
स्वास्थ सेवा बिभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका जनस्वास्थ अधिकृत रेशम लामिछानेले सबै स्थानिय तहले बिपदको बेला जनस्वास्थ ब्यबस्थापन उपसमिति बनाई कार्ययोजना बनाएर प्रतिकार्य टोली तैयारीका परिचालन हुन आग्रह गरे ।
सो अवसरमा गजेन्द्र नारायण सिह अस्पतालका मेसु डा. चुमनलाल दासले बाढीको समयमा महामारीको प्रकोपहरू बढ्ने भएकोले सम्बन्धी स्थानिय सरकार अन्तर्गतका स्वास्थ्यकर्मीहरूले बिपदको वेला ब्याक प्याक बनाएर हिडनुपर्ने सुझाव दिए ।
जनस्वास्थ कार्यालय सप्तरी प्रमुख निरन्जन यादबको अध्यक्षतामा गरिएको कार्यक्रममा शिक्षा बिकास समन्वय ईकाई प्रमुख फणिन्द्र खत्री, कृषि ज्ञान केन्द्रका प्रमुख भगिरथ यादब, कोशी पीडित समाजका निर्देशक देब नारायण यादब, राजबिराज नगरपालिका स्वास्थ संयोजक रामनारायण देब, सहसंयोजक शोभा कुमारी साह, जनस्वास्थ कार्यालयका आलोक यादब, नेपाल पत्रकार महासंघ सप्तरी सहसचिव चन्दनकुमार यादब लगायतले बाढी, बिपदको वेला सबै स्थानिय सरकार तथा सरोकारवाला निकायहरू आ–आफनो क्षेत्रमा पुर्व तैयारीका साथ प्रतिकार्यका लागी परिचालन हुनुपर्नेमा जोड दिएका थिए ।
उक्त अन्तरक्रियामा खानेपानी सरसफाई डिभिजन, कृषि ज्ञान केन्द्र, राजबिराज नगरपालिका, सप्तकोशी नगरपालिका, कंचनरूप नगरपालिका, सप्तरी रेडक्रस सोसाईटी, कोशी पीडित समाज, विभिन्न गापा र नपाका स्वास्थ संयोजकहरूको सहभागीता रहेको थियो ।
स्वास्थ्यकर्मीहरूलाई तैयारीका साथ श्रोतसाधन परिचालन गर्न आग्रह
सारांश
- स्वास्थ सेवा बिभाग अन्तर्गत ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा तथा जनस्वास्थ कार्यालय सप्तरीको संयोजनमा बुधबार आयोजित अन्तरक्रियामा बिपदको वेला महामारी हुन नदिन तथा प्रकोपवाट जोगिनका लागि स्वास्थ्यकर्मीहरूलाई तैयारीका साथ श्रोतसाधन परिचालन गर्न आग्रह गरिएको छ ।
- स्वास्थ सेवा बिभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका जनस्वास्थ अधिकृत रेशम लामिछानेले सबै स्थानिय तहले बिपदको बेला जनस्वास्थ ब्यबस्थापन उपसमिति बनाई कार्ययोजना बनाएर प्रतिकार्य टोली तैयारीका परिचालन हुन आग्रह गरे ।
- सो अवसरमा गजेन्द्र नारायण सिह अस्पतालका मेसु डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया