आईसोलेशनमा उपचारार्थ एक  महिलासहित दुईको मृत्यु

राजविराज राजविराज
|
सोमबार, आश्विन ५, २०७७
|
|
३५ पटक हेरिएको
Shares
आईसोलेशनमा उपचारार्थ एक  महिलासहित दुईको मृत्यु

सारांश

  •     बिष्णुपुर गाउपालिका वडा नं.
  • १ निवासी ४९ बर्षिय जागेश्वर यादबको सोमवार बिहान मृत्यु भएको हो ।
  • उनलाई श्वास फेर्न समस्या भएपछि चार दिन अघि परिवारजनले धरान लगेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ५ असोज । 
    कोरोना संक्रमणवाट सोमबार सप्तरीमा थप दुई जनाको मृत्यु भएको छ । मृतक दुबै जिल्लाको विष्णुपुर गाउँपालिकाका हुन । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
    बिष्णुपुर गाउपालिका वडा नं. १ निवासी ४९ बर्षिय जागेश्वर यादबको सोमवार बिहान मृत्यु भएको हो । उनलाई श्वास फेर्न समस्या भएपछि चार दिन अघि परिवारजनले धरान लगेका थिए । उनको धरानस्थित विपि कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान आईसोलेशनमा उपचारका क्रममा मृत्यु भएको हो । 
    स्वाव परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि आईसोलेशनमा राखी उपचार सुरू गरिएकोमा सोमवार बिहान ५ बजे उनको मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सप्तरीले जनाएको छ ।
    यसैगरी राजबिराजस्थित साईकृष्णा मेडिकल कलेजको आईसोलेशन सेन्टरमा उपचार गराईरहेकी सोही गाउपालिका ३ कि ६० बर्षिय बुचीदेबी रामको पनि मृत्यु भएको छ ।
    दुई दिनदेखि गजेन्द्र नारायण सिह अस्पतालको आकस्मिक कक्षमा उपचार गराईरहेकी उनमा उच्च ज्वरो, खोकी, र स्वास्वप्रश्वासमा समस्या भएपछि आईतवार बिहान स्वाव परिक्षण समेत गरिएको थियो ।
    रिपोर्ट पोजेटिभ भएपछि आईतवारै साईकृष्णा मेडिकल कलेजको आईसोलेशन सेन्टरमा भर्ना गरिएकोमा राती ८ बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालयका प्रमुख दुनियालाल यादबले जानकारी दिएका छन ।
    दुबैको शव सरकारले तोकेको सुरक्षा तथा स्वास्थ मापदण्ड अपनाएर राजविराजस्थित नेपाली सेनाको भिमदल गणका टोलीले ब्यबस्थापन गर्ने तयारी गरेको जनाइएको छ ।
    यस्तै जिल्लामा सोमवार सम्ममा कुल संक्रमितको संख्या १ हजार दुई सय ४ पुगेको जिल्ला स्वास्थ कार्यालय सप्तरीले जनाएको छ । ८ सय २ जना निको भएका छन् भने हाल ३ सय ९३ जना जिल्लामा संक्रमित रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि
इ–रिक्सा र अटोरिक्सा मध्ये ३१ वटाको मात्र विधीवत दर्ता 
इ–रिक्सा र अटोरिक्सा मध्ये ३१ वटाको मात्र विधीवत दर्ता 
पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि ।  तस्बीर ः राजविराज दैनिक  

दुध उत्पादन र बिक्रि गर्ने स्थानमा अनुगमन
दुध उत्पादन र बिक्रि गर्ने स्थानमा अनुगमन
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध
अग्निपीडित परिवारलाई राहत
अग्निपीडित परिवारलाई राहत
२८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
२८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी सम्पन्न
जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी सम्पन्न
सहमतिपछि साह दम्पत्तिले तोडे अनसन
सहमतिपछि साह दम्पत्तिले तोडे अनसन