दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
महेन्द्र बिन्देश्वरी क्याम्पस राजविराजको इतिहासमै पहिलो पटक माइक्रो बायलोजि विषयमा अध्ययनरत विद्यार्थीहरुले सोमबार दही मेलाको आयोजना गरेका छन् ।
सो दही मेलमा १२ प्रकारका दही उत्पादन गरि प्रदर्शन गरिएको हो । माइक्रो बायलोजि विषयमा डेरी टेक्नोलोजिमा अध्ययनरत सय भन्दा बढी विद्यार्थीहरुले तयार पारेका १२ प्रकारका दही प्रदर्शनीमा राखिएको सो विषयका प्राध्यापक सियाराम भगत मालीले जानकारी दिएका छन् ।
उनले राजविराजमै पहिलो पटक यस्ता प्रदर्शनीले जिल्लाको डेरी उद्योगलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । उक्त प्रदर्शनीमा राखिएको १२ प्रकारका दहीको शुद्धता, स्वाद र गुणस्तरबारे राजविराजका डेरी संचालकहरुले अवलोकन एवं परिक्षण गरेका थिए ।
प्रदर्शनीमा क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्र, सहायक क्याम्पस प्रमुख मिथिलेश यादव, केन्द्रिय प्रविधि क्याम्पस धरानका प्राध्यापक शिवनन्दन साह लगायतले क्याम्पसका अन्य प्राध्यापकहरुले अवलोकन एवं निरिक्षण गरेका थिए ।
निरिक्षण पश्चात् क्याम्पस प्रमुख डा. मिश्रले क्याम्पसका विद्यार्थीहरुले दही मेलाको आयोजना गरेर क्याम्पसमा उदाहरणिय कार्य गरेको भन्दै प्रशंसा गरे । उनले आउँदो दिनमा क्याम्पसमा यस्ता गतिविधीले विद्यार्थीहरुको मनोबल बढाउनुका साथै क्याम्पसको साखलाई उच्च राख्न मद्दत पुग्ने विश्वास समेत व्यक्त गरे ।
मविव क्याम्पसका विद्यार्थीद्वारा दही मेलाको आयोजना
सारांश
- सो दही मेलमा १२ प्रकारका दही उत्पादन गरि प्रदर्शन गरिएको हो ।
- माइक्रो बायलोजि विषयमा डेरी टेक्नोलोजिमा अध्ययनरत सय भन्दा बढी विद्यार्थीहरुले तयार पारेका १२ प्रकारका दही प्रदर्शनीमा राखिएको सो विषयका प्राध्यापक सियाराम भगत मालीले जानकारी दिएका छन् ।
- उनले राजविराजमै पहिलो पटक यस्ता प्रदर्शनीले जिल्लाको डेरी उद्योगलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया