बिटौरी जग्गा समस्याको विषयमा  सरकारलाई ध्यानाकर्षण 

राजविराज राजविराज
|
बुधबार, चैत्र २१, २०८०
|
|
४३ पटक हेरिएको
Shares
बिटौरी जग्गा समस्याको विषयमा  सरकारलाई ध्यानाकर्षण 

सारांश

  •     उनले बिटौरी रसिद काटेकै भरमा भोग चलन गर्दै आएका पाँच हजार घरपरिवारलाई अविलम्ब लालपूर्जा उपलब्ध गराउन पहलका लागि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
  •       बुबा बाजेको पालादेखी रहेको आफ्नो जग्गा समस्या पर्दा बिक्रि बितरण गर्न र बैंकमा राखेर ऋण समेत लिन नपाउँदा झण्डै ५ हजार परिवार समस्यामा रहेको बारे उनले सरकारलाई ध्यानाकर्षण गराए ।
  •       राजविराज नगरपालिकाले यस अघि बिटौरी जग्गाको कर लिदा सोही रसिदको आधारमा जग्गाधनीले समस्या पर्दा बिक्रि तथा बैंक र बित्तिय संस्थामा जग्गा धितो राखेर ऋण लिने गरेकामा विगत ८ वर्षदेखी सो रोकिदा ५ हजार भन्दा बढी परिवार प्रभावित भई कष्टकर जिवन बिताउन बाध्य भएको उनको भनाई थियो ।

दैनिक समाचारदाता
राजविराज, २१ चैत ।

    सप्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश कुमार यादवले बुधबार प्रतिनिधिसभा बैठकमा वर्षौदेखी राजविराजवासीले भोग्दै आएको बिटौरी जग्गा समस्याको विषयमा सरकारलाई ध्यानाकर्षण गराएका छन् । 
    उनले बिटौरी रसिद काटेकै भरमा भोग चलन गर्दै आएका पाँच हजार घरपरिवारलाई अविलम्ब लालपूर्जा उपलब्ध गराउन पहलका लागि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । 
    बुबा बाजेको पालादेखी रहेको आफ्नो जग्गा समस्या पर्दा बिक्रि बितरण गर्न र बैंकमा राखेर ऋण समेत लिन नपाउँदा झण्डै ५ हजार परिवार समस्यामा रहेको बारे उनले सरकारलाई ध्यानाकर्षण गराए । 
    राजविराज नगरपालिकाले यस अघि बिटौरी जग्गाको कर लिदा सोही रसिदको आधारमा जग्गाधनीले समस्या पर्दा बिक्रि तथा बैंक र बित्तिय संस्थामा जग्गा धितो राखेर ऋण लिने गरेकामा विगत ८ वर्षदेखी सो रोकिदा ५ हजार भन्दा बढी परिवार प्रभावित भई कष्टकर जिवन बिताउन बाध्य भएको उनको भनाई थियो ।
    उनले सप्तरीको ग्रामिण क्षेत्रमा खानेपानीको समस्या बारे सरकारको ध्यानाकर्षण गराउँदै अहिले अधिकांश ट्युवेलहरु सुक्न थालेकोले अगामी दिनमा अझै पानीको संकट हुन नदिन समयमै त्यसको समाधान गर्नु पर्ने आवश्यकता औल्याए । 
    भारतीय सीमादेखी गाईघाटसम्म जोड्ने गरी थालिएको शम्भुनाथ–बनैनिया–गाईघाट सडक वर्षौदेखी अलपत्र रहेको भन्दै उनले बजेट व्यवस्था गरी अविलम्ब काम सूचारु गराउन सरकारको ध्यानाकर्षण गराए । 
    त्यस्तै प्रतिनिधि सभाको बैठकमा उनले राजविराजस्थित देशकै पुरानो मध्येका एक गजेन्द्र नारायण सिंह अस्पतालमा आवश्यकता अनुसारको चिकित्सक र उपकरण नहुँदा स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको भन्दै उक्त विषयमा सरकारको गम्भिर ध्यान जानु पर्ने बताए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया
सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण  बढ्दै, सीमा नाकामा छैन सतर्कता
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण  बढ्दै, सीमा नाकामा छैन सतर्कता
माइक्रो काउन्टरमा तोडफोड
माइक्रो काउन्टरमा तोडफोड
समाचारको प्रभाव–  छिन्नमस्तामा बन्ने भो योगालय र जिम सेन्टर, कुनै निर्णय नै नगरि ऐन, कानुन विपरीत ३४ थान मोबाइल खरीद
समाचारको प्रभाव– छिन्नमस्तामा बन्ने भो योगालय र जिम सेन्टर, कुनै निर्णय नै नगरि ऐन, कानुन विपरीत ३४ थान मोबाइल खरीद
राजनैतिक पार्टीहरुकै संरक्षणमा  भ्रष्टाचार भइरहेको छ ः डा. सिके राउत
राजनैतिक पार्टीहरुकै संरक्षणमा  भ्रष्टाचार भइरहेको छ ः डा. सिके राउत
राजविराजमै क्यान्सरदेखि विभिन्न रोगको परिक्षण गर्न सेन्टर संचालन
राजविराजमै क्यान्सरदेखि विभिन्न रोगको परिक्षण गर्न सेन्टर संचालन
हटाइयो सिरहा रोडको अतिक्रमित संरचना,  अब कंचनपुर रोड, हटिया प्रवेश गर्ने भित्री सडक तथा कारागारको अतिक्रमण हटाउने तैयारी
हटाइयो सिरहा रोडको अतिक्रमित संरचना,  अब कंचनपुर रोड, हटिया प्रवेश गर्ने भित्री सडक तथा कारागारको अतिक्रमण हटाउने तैयारी
१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा
१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा
संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए
संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए
छिन्नमस्तामा सामाजिक रुपान्तरणका लागि युवाहरुको अभियान सुरु
छिन्नमस्तामा सामाजिक रुपान्तरणका लागि युवाहरुको अभियान सुरु