बीस वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
आइतबार, चैत्र १५, २०७७
|
|
४६ पटक हेरिएको
Shares
बीस वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

सारांश

  •     कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्धामा फरार भएका सप्तरीको बलान बिहुल गाउँपालिका ३ बस्ने ५४ वर्षिय लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।
  •       घरमै लुकिबसेको अवस्थामा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको टोलीले शनिबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •     प्रहरीका अनुसार २०५७ साल साउन ३ गते राती १२ बजेतिर सोही वडा निवासी दशरथ साह पिसाब फेर्न घर बाहिर निस्केको बेला पुरानो रिसिइबी साध्न खुकुरी तथा लाठी फट्टाले आक्रमण गरि हत्या गरेको आरोपमा साहमाथी कर्तव्य ज्यान तथा ज्यान मार्ने उधोग मुद्दा चलाइएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १५ चैत । 
    अदालतबाट २० वर्ष कैद सजाय तोकिएपछि फरार भएका एक प्रतिवादीलाई सप्तरी प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।
    कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्धामा फरार भएका सप्तरीको बलान बिहुल गाउँपालिका ३ बस्ने ५४ वर्षिय लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो । 
    घरमै लुकिबसेको अवस्थामा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको टोलीले शनिबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    प्रहरीका अनुसार २०५७ साल साउन ३ गते राती १२ बजेतिर सोही वडा निवासी दशरथ साह पिसाब फेर्न घर बाहिर निस्केको बेला पुरानो रिसिइबी साध्न खुकुरी तथा लाठी फट्टाले आक्रमण गरि हत्या गरेको आरोपमा साहमाथी कर्तव्य ज्यान तथा ज्यान मार्ने उधोग मुद्दा चलाइएको थियो । घटना लगत्तै उनी फरार भएका थिए । 
    दशरथको हत्या भएको ठहर गर्दै दायर गरिएको मुद्धामा सप्तरी जिल्ला अदालतले २०६५ चैत ११ गते २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । सोही मुद्धामा तत्कालिन पुनरावेदन अदालत राजविराजले २०६७ साल चैत २२ गते तथा २०७२ साल माघ १ गते सर्वोच्च अदालत समेतले जिल्ला अदालतकै फैसलालाई सदर गर्दै २० वर्ष कैद सजाय ठहर गरेको थियो । 
    यता आइतबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएका साहलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश
जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश
किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले धानको मूल्य तोक्ने ः कृषि मन्त्री साह
किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले धानको मूल्य तोक्ने ः कृषि मन्त्री साह
दोश्रो तलाबाट खसेर एकको मृत्यु
दोश्रो तलाबाट खसेर एकको मृत्यु
मुसहरनियामा पहिलो पटक किशोरीहरूबीच ब्याडमिन्टन प्रतियोगिता
मुसहरनियामा पहिलो पटक किशोरीहरूबीच ब्याडमिन्टन प्रतियोगिता
कंचनरुपद्वारा दुई आर्थिक वर्षको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक 
कंचनरुपद्वारा दुई आर्थिक वर्षको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक 
२०५० सालका विद्यार्थीहरुको मित्रमिलन सम्पन्न
२०५० सालका विद्यार्थीहरुको मित्रमिलन सम्पन्न
शिविरमा आँखा जचाएका मध्येबाट ७० जनामा मोतियाविन्दुको समस्या
शिविरमा आँखा जचाएका मध्येबाट ७० जनामा मोतियाविन्दुको समस्या
वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी
वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी
अर्थ मन्त्री साहद्वारा विपद् व्यवस्थापन सामग्री भण्डार गृहको उद्घाटन
अर्थ मन्त्री साहद्वारा विपद् व्यवस्थापन सामग्री भण्डार गृहको उद्घाटन
माघ १३ गते सत्तापक्षिय नेकपाको शक्ति प्रदर्शन
माघ १३ गते सत्तापक्षिय नेकपाको शक्ति प्रदर्शन