दैनिक समाचारदाता
राजबिराज, १७ जेठ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार आयोजित निशुल्क एक दिने आँखा तथा कान जाँच उपचार शिविरमा जचाउन आएका आँखाका २ सय २५ विरामी मध्ये ७० जनामा मोतिया विन्दु रोगको समस्या देखिएको छ ।
धर्मीहल्फा महिला विकास क्लब सप्तरीको आयोजना, सिविएम नामक संस्थाको समन्वय तथा नेपाल नेत्र ज्योति संघ, सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधीक सहयोगमा आयोजना गरिएको निशुल्क आँखा तथा कान जाँच उपचार शिविरमा जचाउन आएका आँखाका २ सय २५ विरामी मध्ये ७० जनामा मोतिया विन्दुको समस्या देखिएको हो । शिविरको पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले उदघाटन गरे ।
शिविरमा परिक्षणको क्रममा मोतिया विन्दु पुष्टी भएका ७० जनालाई लहानस्थित चौधरी आँखा अस्पालमा लगी निशुल्क उपचार र शल्यक्रिया गरिने तयारी गरिएको आयोजक संस्थाका अध्यक्ष इन्जिनीयर सुर्य नारायण यादवले जानकारी दिएका छन् ।
यस अघि जिल्लाको विभिन्न पालिकामा एक दिने निशुल्क आँखा स्वास्थ्य उपचार शिवीर चलाइएकोमा पहिलो पटक यति ठूलो संख्यामा मोतिया विन्दुका विरामी फेला परेको शिवीरमा चिकित्सक टोलीको नेतृत्व गरेका चौधरी आँखा अस्पतालमा नेत्र रोग विशेषज्ञ डा.राजकुमार यादवले बताए ।
शिविरमा उनका साथै रेणु बमजम, संजय कुमार कर्ण, विरेन्द्र कुमार साह, रेणु यादव, निक्की यादव, हिरालाल दास, अजय तामाङ्ग लगायत आठ सदस्यीय स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा प्रदान गरेका छन् ।
यस्तै शिविरमा कानका १ सय २ जना विरामीले समेत उपचार पाएका छन् । शिविरमा महिला सेवाग्राहीलाई लक्षित गरी महिला स्वास्थ्यकर्मीको व्यवस्था समेत मिलाइएकाले उपचारमा आएका मध्ये महिला विरामीको संख्या बढी देखिएको शिविरस्थल छिन्नमस्ता–भुपेन्द्र संस्कृत माविका प्रधानाध्यापक रामेश्वर यादवले बताए ।
समाजिक क्षेत्रमा क्रियाशिल धर्मीहल्फा महिला विकास क्लबले यस अघि पनि जिल्लाको विभिन्न पालिकामा निशुल्क आँखा शिविर संचालन गरिसकेको छ ।
सोही शिविरमा समाजिक गतिवीधीमा अग्रसर धर्मीहल्फा महिला विकास क्लबले पत्रकारीताको माध्यमले समाजमा विशिष्ट योगदान पु¥याए वापत पत्रकार मनोज कुमार माझी र वृजमान तामाङ्गलाई कदर पत्रबाट सम्मानित गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी पुर्व प्रमुख निर्वाचन आयुक्त डा. यादवले उनीहरुलाई कदरपत्र प्रदान गरे ।
सोही अवसरमा पुर्व प्रमुख निर्वाचन आयुक्त डा. यादव, वडा सचिव शिवजी कुमार मण्डल, सौभाग्य कृषी सहकारी संस्थाका अध्यक्ष प्रमोद कुमार मल्लिकलाई पनि समाजिक क्षेत्रमा योगदान पु¥याए वापत आयोजक संस्थाले सम्मान गरेको छ ।
शिविरमा आँखा जचाएका मध्येबाट ७० जनामा मोतियाविन्दुको समस्या
सारांश
- धर्मीहल्फा महिला विकास क्लब सप्तरीको आयोजना, सिविएम नामक संस्थाको समन्वय तथा नेपाल नेत्र ज्योति संघ, सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधीक सहयोगमा आयोजना गरिएको निशुल्क आँखा तथा कान जाँच उपचार शिविरमा जचाउन आएका आँखाका २ सय २५ विरामी मध्ये ७० जनामा मोतिया विन्दुको समस्या देखिएको हो ।
- शिविरको पूर्व प्रमुख निर्वाचन आयुक्त डा.
- अयोधी प्रसाद यादवले उदघाटन गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया