उच्च अदालतका पाँच कर्मचारी सम्मानित

राजविराज राजविराज
|
आइतबार, भाद्र २२, २०८२
|
|
२० पटक हेरिएको
Shares
उच्च अदालतका पाँच कर्मचारी सम्मानित

सारांश

  •     निजामती कर्मचारी दिवसको अवसर पारेर उच्च अदालत जनकपुर राजविराज इजलासले वर्ष भरिमा उत्कृष्ट काम गर्ने आफ्ना पाँच जना कर्मचारीलाई आइतबार एक कार्यक्रमबीच सम्मान गरेको हो ।
  •       सम्मानित हुनेहरूमा इजलास अधिकृत विष्णु नेपाली, नायब सुब्बाद्वय प्रल्हाद कार्की, माधव प्रसाद यादव, तामेलदार रामचन्द्र साह र कार्यालय सहयोगी पुटु कुमार सिंह रहेका छन् ।
  •     कार्यक्रमका प्रमुख अतिथि अदालतका बरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवालीले पाँचै जना कर्मचारीलाई जनही ५÷५ हजार रूपियाँ नगदसहित सम्मानपत्र प्रदान गरेर सम्मान गरे ।

दैनिक समाचारदाता
राजविराज, २२ भदौ । 

    उच्च अदालत जनकपुर राजविराज इजलासले उत्कृष्ट ढंगले कार्यसम्पादन गरे वापत आफ्ना पाँच जना कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । 
    निजामती कर्मचारी दिवसको अवसर पारेर उच्च अदालत जनकपुर राजविराज इजलासले वर्ष भरिमा उत्कृष्ट काम गर्ने आफ्ना पाँच जना कर्मचारीलाई आइतबार एक कार्यक्रमबीच सम्मान गरेको हो । 
    सम्मानित हुनेहरूमा इजलास अधिकृत विष्णु नेपाली, नायब सुब्बाद्वय प्रल्हाद कार्की, माधव प्रसाद यादव, तामेलदार रामचन्द्र साह र कार्यालय सहयोगी पुटु कुमार सिंह रहेका छन् ।
    कार्यक्रमका प्रमुख अतिथि अदालतका बरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवालीले पाँचै जना कर्मचारीलाई जनही ५÷५ हजार रूपियाँ नगदसहित सम्मानपत्र प्रदान गरेर सम्मान गरे ।  
    सो अवसरमा उनले परिश्रम तथा इमानदारीताका साथ काम गरि मुस्कानसहित सेवा दिने कर्मचारीलाई अदालतले जहिले पनि आदर र सम्मान गर्दै आएको र यसपल्ट पनि त्यसलाई निरन्तरता दिएको बताए । 
    कार्यक्रममा अदालतका रजिष्टार लोकनाथ पराजुलीले इमानदारीपूर्वक काम गर्ने कर्मचारीको अदालतले उच्च मूल्यांकन गर्ने गरेको बताउँदै सबै कर्मचारीले आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्नुपर्नेमा जोड दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?