दैनिक समाचारदाता
राजविराज, २८ वैशाख ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सप्तरी जिल्लामा पाँच हजार ५ सय २४ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
जिल्लामा पाँच हजार ६१९ जनाको मनोनयन दर्ता भएकोमा २२ जनाको उम्मेदवारी रद्द र ७३ जनाले मनोनयन फिर्ता लिएका थिए ।
राजविराज नगरपालिकामा १६ वटा वडामा ६ सय ३९ जना चुनावी मैदानमा छन् । जिल्लाको ९ वटा नगरपालिकाको प्रमुखमा ९३ जना र उपप्रमुखमा ६९ जना चुनावी प्रतिष्पर्धामा छन् ।
यसैगरी जिल्लाका ९ वटा गाउँपालिकाको अध्यक्षमा १०२ र उपाध्यक्षमा ८० जना चुनावी रणभूमीमा उत्रेका छन् । त्यस्तै वडाध्यक्षमा ११९८, सदस्यमा २००९, महिला सदस्यमा १००८ र दलित महिला सदस्यमा ९६५ जना प्रतिष्पर्धामा उत्रेको निर्वाचन कार्यालय सप्तरीका जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिएका छन् ।
सप्तरीमा पाँच हजार ५ सय २४ जना चुनावी प्रतिस्पर्धामा
सारांश
- जिल्लामा पाँच हजार ६१९ जनाको मनोनयन दर्ता भएकोमा २२ जनाको उम्मेदवारी रद्द र ७३ जनाले मनोनयन फिर्ता लिएका थिए ।
- राजविराज नगरपालिकामा १६ वटा वडामा ६ सय ३९ जना चुनावी मैदानमा छन् ।
- जिल्लाको ९ वटा नगरपालिकाको प्रमुखमा ९३ जना र उपप्रमुखमा ६९ जना चुनावी प्रतिष्पर्धामा छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया