औषधी पसलमा उपचार गराउदा महिलाको मृत्यु

राजविराज राजविराज
|
बिहिबार, श्रावण १२, २०७९
|
|
१९ पटक हेरिएको
Shares
औषधी पसलमा उपचार गराउदा महिलाको मृत्यु

सारांश

  •     जिल्लाको रुपनी गाउँपालिका २ पौवा टोलकी ३५ वर्षिया सियादेवी मण्डलको औषधी पसलमा उपचार गराउदा मृत्यु भएको हो ।
  •       बुधवार साँझ उनी राजविराज ६ स्थित अजित फार्मेसी एण्ड क्लिनिकमा छाति दुखेपछि उपचारका लागि आएकी थिइन् ।
  • औषधी पसलका सञ्चालक र एक जना महिला स्वास्थ्यकर्मी (नर्स)ले उनको उपचार सुरु गरेको मृतक महिलाका आफन्तको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १२ साउन ।
    अस्पतालको सट्टा औषधी पसलमा उपचार गराउदा सप्तरीमा एक महिलाको ज्यान गएको छ । 
    जिल्लाको रुपनी गाउँपालिका २ पौवा टोलकी ३५ वर्षिया सियादेवी मण्डलको औषधी पसलमा उपचार गराउदा मृत्यु भएको हो । 
    बुधवार साँझ उनी राजविराज ६ स्थित अजित फार्मेसी एण्ड क्लिनिकमा छाति दुखेपछि उपचारका लागि आएकी थिइन् । औषधी पसलका सञ्चालक र एक जना महिला स्वास्थ्यकर्मी (नर्स)ले उनको उपचार सुरु गरेको मृतक महिलाका आफन्तको भनाई छ । 
    उपचारका क्रममा अचानक अचेत भएकी उनलाई छेउमै रहेको छिन्नमस्ता अस्पताल पु¥याइएको थियो । सो अस्पतालमा इसिजि गर्दा उनलाई मृत घोषित गरिएको प्रहरीले जनाएको छ । 
    यता मृतकका आफन्तले औषधी पसल सञ्चालकले बिरामीको उपचार पसलमै भइहाल्छ भनि भ्रममा पारेर लापरवाहीपूर्ण तरिकाले उपचार गर्दा आफ्नो मान्छेको मृत्यु भएको दावी गर्दै घटनाको छानविन र दोषीमाथि कारवाहीको माग गरेका छन् ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले घटनाको अनुसन्धानका क्रममा विहिवार उक्त औषधी पसलका एक जना सञ्चालकलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको जानकारी दिएका छन्  । 
    मृतक महिलाको शव पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइ घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सप्तरीले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजबिराज च्याम्पस पहिलो च्याम्पियन 
राजबिराज च्याम्पस पहिलो च्याम्पियन 
सरकारी निकायको चरम लापरवाही, १२ वर्षदेखी नागरिकता प्रमाणपत्र नं. बिना कै नागरिकता प्रयोग हुँदै
करदाता सेवा कार्यालयद्वारा गत वर्षको  तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन 
करदाता सेवा कार्यालयद्वारा गत वर्षको  तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन 
महुली र जिता खोलाको बाढीका कारण सय घर डुवानमा
महुली र जिता खोलाको बाढीका कारण सय घर डुवानमा
दलित छात्रावासको शिलान्यास 
दलित छात्रावासको शिलान्यास 
सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ
सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ
प्रदेश सरकारद्वारा तीन दलित  विद्यार्थीलाई आर्थिक सहयोग प्रदान
प्रदेश सरकारद्वारा तीन दलित  विद्यार्थीलाई आर्थिक सहयोग प्रदान
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सप्तरीका तीन जनाको एकै दिन मृत्यु,  मृतक तीनैको स्वाब संकलन गरि परिक्षण गरिँदै
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सप्तरीका तीन जनाको एकै दिन मृत्यु,  मृतक तीनैको स्वाब संकलन गरि परिक्षण गरिँदै
मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
सप्तरीको विकास सुख्खा परेको खडेरी खेत जस्तै