दैनिक समाचारदाता
राजविराज, २८ भदौ ।
सप्तरीको तिरहुत गाउँपालिका ५ स्थित बावा वनसखण्डीको मन्दिर अहिले ओझेलमा पर्दै गएको छ । धार्मिक पर्यटकिय स्थलको रुपमा विश्वास गर्ने भनिए पनि सम्बन्धित निकायको उदासिनताले तीन सय वर्ष इतिहास बोकेको प्रसिद्ध र पवित्र स्थल ओझेलमा परेको हो ।
मन्दिरका मुल पुजारी ७२ वर्षिय कोकन दासका अनुसार यहाँ खडेरीका बेला बर्षाका लागि जिल्लाका प्रशासक तथा जनप्रतिनीधी समेतको उपस्थितीमा पानी माग्दै विशेष पुजाआजा हुने गर्छ । यहाँस्थित सालको रुखमा आँप फल्ने चमत्कारीक दृश्य देख्न पाइने यस स्थलमा अन्य मनोकाँक्षा लिएर समेत श्रद्धालु भक्तजनहरुले पुजा आजा गर्ने र इच्छित मनोकामना पुरा हुने मूल पुजारी दास वताउँछन् ।
उनका अनुसार बाबा वनसखण्डीको ध्यान गर्दा कै अवस्थामा निधन भएका कारण सोही ठाँउमा उनको समाधी बनाएर मन्दिर स्थापना गरी पुजाआजा हुदै आएको हो ।
यस ऐतिहासिक र प्रशिद्ध धार्मिक स्थलको विकासका लागी ध्यानाकर्षण स्वरुप गाउँपालिकाको पहलमा भव्यरुपमा बाबा वनसखण्डीको जन्मजयन्ति मनाउन थालिएको छ ।
जन्मजयन्ति मनाउने क्रममा उक्त मन्दिरमा रहेको बाबा वनसखण्डीको समाधीस्थललाई विशेष सुसज्जित गरी पुजापाढ र धार्मिक अनुष्ठान थालिएको छ । यो क्रम एक साता सम्म चल्ने छ । यस अवसरमा आयोजना गरिएको कलश यात्रामा महिलाहरुको उल्लेख्य सहभागिता रहेको र कलश यात्राका सहभागीलाई गाउँपालिका अध्यक्ष बिजय यादवले नै पोशाक उपलब्ध गराएका छन् ।
यो जन्मजयन्ति महोत्सवले बाबा वनसखण्डी मन्दिरको प्राचिन इतिहास र यसको महिमालाई उजागर गरी यस स्थललाई धार्मिक पर्यटकस्थलको रुपमा विकास गर्न मदत पु¥याउने गाउँपालिका अध्यक्ष यादवको विश्वास छ ।
गाउँपालिकाका अध्यक्ष यादवले आफ्नोस्तरबाट प्रयास सूरु गरेपनि प्रदेश तथा संघिय सरकार समेतले यस प्रति चासो लिनु जरुरी रहेको बताएका छन ।
यस मन्दिरको स्थापनाको समयबारे यकिन गर्न सक्ने कुनै आधार नभएपनी ३ सय वर्ष पुरानो भएको अनुमान स्थानीयले ब्यक्त गर्ने गरेका छन् । स्थानीय ७५ वर्षिय ललित यादव भन्छन–परापुर्व कालदेखि नै यस मन्दिरमा स्थानीय मात्र होइन, खडेरीका बेला पानी माग्दै सदरमुकाम राजविराजबाट प्रसासक देखी जनप्रतिनीधी सम्म आउने गरेका छन् । सुरुमा फुसको संरचनामा रहेको उक्त मन्दिरलाई २०४८ साल कार्तिक १ गते स्थानीय समाजसेवी डोमी महात्मानको सहयोगमा पक्कीमा परिणत गरिएको थियो । मन्दिर भित्र पुरातत्विक महत्वको शिलालेख पनि देखिएको छ । यस्तै प्राचिनकाल कै एउटा पोखरी पनि उक्त मन्दिर छेउमा रहेको छ । जहाँको पवित्र जल लिएर भक्तजन पुजामा चढाउने गर्छन । उक्त पोखरी पनि बाबा वनसखण्डीले नै निर्माण गरेको स्थानीय बताउँछन ।
वनसखण्डीमा पुजा गर्दा पानी र सालको रुखमा आँप फल्छ
सारांश
- मन्दिरका मुल पुजारी ७२ वर्षिय कोकन दासका अनुसार यहाँ खडेरीका बेला बर्षाका लागि जिल्लाका प्रशासक तथा जनप्रतिनीधी समेतको उपस्थितीमा पानी माग्दै विशेष पुजाआजा हुने गर्छ ।
- यहाँस्थित सालको रुखमा आँप फल्ने चमत्कारीक दृश्य देख्न पाइने यस स्थलमा अन्य मनोकाँक्षा लिएर समेत श्रद्धालु भक्तजनहरुले पुजा आजा गर्ने र इच्छित मनोकामना पुरा हुने मूल पुजारी दास वताउँछन् ।
- उनका अनुसार बाबा वनसखण्डीको ध्यान गर्दा कै अवस्थामा निधन भएका कारण सोही ठाँउमा उनको समाधी बनाएर मन्दिर स्थापना गरी पुजाआजा हुदै आएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया