दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
बालुवा मुनी गाडिएको अवस्थामा प्रतिबन्धित लागु औषध गाजा सप्तरी प्रहरीले बरामद गरेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित दक्षिणतर्फ सप्तकोशी नदी किनारमा बालुवा मूनी गाडिएको अवस्थामा प्रहरीले ६० केजी गाजा आइतबार बरामद गरेको हो ।
गोप्य सूचनापछि इलाका प्रहरी कार्यालय भारदह र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको संयुक्त टोलीले तस्करीका लागि दुई वटा प्लास्टिकको बोरामा ¥यापिङ गरि बालुवा मूनी गाडिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेशकुमार सिंहका अनुसार रातीको समयमा डुङ्गामा राखेर तस्करले उक्त गाजा भारतीय बजारमा पु¥याउने योजना बनाएको अनुमान गरिएको भएपनि तस्करको पहिचान हुन बाँकी रहेको जनाए ।
विगतमा पनि सप्तकोशी नदी किनारबाट गाजा बरामद गरिएको थियो । भारत भित्राउन सप्तकोशी नदी तस्करहरुका लागि उत्तम मानिन्छ । त्यही रुटलाई प्रहरीले विशेष निगरानीमा राखेको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले बताए ।
गाजा तस्करी र खेती रोक्न अहिले प्रहरीले अभियान नै चलाएपछि आर्थिक वर्ष २०७९÷८० को हालसम्मको अवधीमा १८ हजार ९ सय गाजाको बोट नष्ट गरिसकेको प्रहरीले जनाएको छ ।
बालुवा मुनी गाडिएको गाजा बरामद
सारांश
- जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित दक्षिणतर्फ सप्तकोशी नदी किनारमा बालुवा मूनी गाडिएको अवस्थामा प्रहरीले ६० केजी गाजा आइतबार बरामद गरेको हो ।
- गोप्य सूचनापछि इलाका प्रहरी कार्यालय भारदह र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको संयुक्त टोलीले तस्करीका लागि दुई वटा प्लास्टिकको बोरामा ¥यापिङ गरि बालुवा मूनी गाडिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेशकुमार सिंहका अनुसार रातीको समयमा डुङ्गामा राखेर तस्करले उक्त गाजा भारतीय बजारमा पु¥याउने योजना बनाएको अनुमान गरिएको भएपनि तस्करको पहिचान हुन बाँकी रहेको जनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया