रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने

राजविराज राजविराज
|
बिहिबार, जेठ ८, २०८२
|
|
२१ पटक हेरिएको
Shares
रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने

सारांश

  •     गृह मन्त्रालयको तर्फबाट गृह मन्त्री राजकुमार लेखी र सार्वजनिक सेवा प्रसारण नेपालको तर्फबाट कार्यकारी अध्यक्ष डा.
  • महेन्द्र बिष्टले हस्ताक्षर गरेका हुन् ।
  •   हस्ताक्षर भए संगै अब रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण मधेश भवनबाट हुने भएको छ ।

दैनिक समाचारदाता
जनकपुरधाम, ८ जेठ । 

    मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालय र सार्वजनिक सेवा प्रसारण नेपाल बीच भवन प्रयोग सम्बन्धी बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 
    गृह मन्त्रालयको तर्फबाट गृह मन्त्री राजकुमार लेखी र सार्वजनिक सेवा प्रसारण नेपालको तर्फबाट कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले हस्ताक्षर गरेका हुन् । 
हस्ताक्षर भए संगै अब रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण मधेश भवनबाट हुने भएको छ ।
    रेडियो नेपाल तथा नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारण मधेश प्रदेशको जनकपुरस्थित मधेश भवन भित्र बाटै हुने भएको हुदा संचार क्षेत्रमा महत्वपुर्ण उपलब्धी भएको गृह मन्त्री लेखीले बताए ।
    प्रदेश सरकारका प्रवक्ता एवम गृह, सञ्चार तथा कानुन मन्त्री लेखीको अध्यक्षतामा बसेको बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहको प्रमुख अतिथ्यता, सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्ट, नीति आयोगका सदस्य डा.शिला मिश्र लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?