कर्मचारीको पेन डाउनले १८ वटै पालिकाको सेवा प्रभावित

राजविराज राजविराज
|
बिहिबार, आश्विन २५, २०८०
|
|
४६ पटक हेरिएको
Shares
कर्मचारीको पेन डाउनले १८ वटै पालिकाको सेवा प्रभावित

सारांश

  •     प्रस्तावित निजामती सेवा ऐनको मस्यौदाप्रति तिब्र असन्तुस्टि जनाउँदै यहाँका स्थानीयतहका कर्मचारीहरु गत १९ असोजदेखि कामकाज रोकी “पेन डाउन” तथा कार्यालय परिसरमै धर्ना दिदै आएका छन् ।
  •       सप्तरीमा ९ नगरपालिका तथा ९ गाउँपालिका छन् ।
  • कर्मचारीले प्रत्येक पालिकामा संघर्ष समिति नै बनाएर आन्दोलन अघि बढाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २४ असोज ।

    स्थानीयतहका कर्मचारीले विभिन्न माँग अघि सार्दै “पेन डाउन” गरी धर्नामा बसेपछी सप्तरीका १८ वटै पालिकाको सेवा प्रभावित बनेको छ । 
    प्रस्तावित निजामती सेवा ऐनको मस्यौदाप्रति तिब्र असन्तुस्टि जनाउँदै यहाँका स्थानीयतहका कर्मचारीहरु गत १९ असोजदेखि कामकाज रोकी “पेन डाउन” तथा कार्यालय परिसरमै धर्ना दिदै आएका छन् । 
    सप्तरीमा ९ नगरपालिका तथा ९ गाउँपालिका छन् । कर्मचारीले प्रत्येक पालिकामा संघर्ष समिति नै बनाएर आन्दोलन अघि बढाएका छन् । 
    कर्मचारीले अत्यावश्यक बाहेक सबै सेवा ठप्प पारेपछी सेवाग्राही निराश भई फर्किने गरेका छन् । उनीहरुले चाडवाडको मुखमा गरिएको आन्दोलनले आफुहरु थप मारमा पारेको गुनासो गरेका छन । 
    प्रस्तावित ऐनमा स्थानीयतहमा कार्यरत कर्मचारीलाई विभेद गरिएकाले आन्दोलनमा उत्रिन बाध्य भएको राजविराज नगरपालिका स्थानीयतह कर्मचारी संघर्ष समितिका संयोजक मनोज कुमार यादवको भनाई छ । उनका अनुसार प्रस्तावित ऐनमा “संघिय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा भन्ने शब्द राखी विभेदकारी नीति निर्माण गर्न लागेकोले कर्मचारी न्यायका लागी आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । 
    संर्घष समितीका सदस्य कल्पना देवले अत्यावश्यक वाहेक सबै सेवा बन्द गरी आन्दोलन गरिरहेको र माँग पुरा नभएसम्म आन्दोलन जारी रहने बताईन । 
    कर्मचारीले हातमा कालो पट्टी बाँधेर पेन डाउन र धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् । अन्दोलनरत कर्मचारीले संघिय निजामती सेवा ऐनलाई एकिकृत निजामती सेवा ऐन ल्याएर तीनै तहकै सरकारका क्रियाकलापमा समेत नियमन, नियन्त्रण र रेखदेख गर्न माँग अघि सारेका छन् । 
    यसै गरी प्रमुख प्रशासकिय अधिकृत लोक सेवा आयोगबाट सिफारिस भएकै माध्यमबाट रहने गरी स्थानीय निजामती सेवा कै कर्मचारी हुने व्यवस्था हुनु पर्ने, सरुवा प्रणालीलाई सहमतीको आधारमा नभई योग्यता, क्षमता र चक्रिय प्रणालीका आधारमा हुनु पर्ने, विशेष परिस्थितीमा प्रदेशको समन्वयमा अन्तर प्रदेश सरुवाको प्रबन्ध हुनु पर्ने, निजामती अस्पतालमा सबै तहका कर्मचारीलाई समेटिनु पर्ने, स्थानीय तहका कर्मचारीको सेवा सुविधा र वृति विकासका सम्बन्धमा विभेद नभई समानता हुनु पर्ने लगायतका मागँ अघि सारेका छन् । 
    यता चाडवाडको मुखमा गरिएको आन्दोलनले सर्वसाधारण मारमा परेको भन्दै अविलम्ब वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न सरकार संग स्थानीयले माँग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन सय ५७ मुद्दामा २ सय ५० फर्छयोट  विभिन्न अपराधका फरार २३ पक्राउ
तीन सय ५७ मुद्दामा २ सय ५० फर्छयोट  विभिन्न अपराधका फरार २३ पक्राउ
काँग्रेसको राजविराज नगर निर्वाचनमा ध्रुब र आनन्द भिड्दै
काँग्रेसको राजविराज नगर निर्वाचनमा ध्रुब र आनन्द भिड्दै
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 
सप्तरीका चार पालिका कार्यवाहक प्रमुख भएर हाँक्दै महिला जनप्रतिनिधि
सप्तरीका चार पालिका कार्यवाहक प्रमुख भएर हाँक्दै महिला जनप्रतिनिधि
चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
डाक्नेश्वरीका वडा अध्यक्षको निधन, ३ वडा जनप्रतिनिधीविहिन
डाक्नेश्वरीका वडा अध्यक्षको निधन, ३ वडा जनप्रतिनिधीविहिन
आर्थिक अनियमितता गर्न जनता शंकर माबि नर्घाेमा दरबन्दी शिक्षक काटौती गरेको आरोप
आर्थिक अनियमितता गर्न जनता शंकर माबि नर्घाेमा दरबन्दी शिक्षक काटौती गरेको आरोप
होली पर्वको पूर्वसन्ध्यामा लोसपा नेपाल सप्तरी डाक्नेश्वरी नगरपालिका नगर कमिटिले जिल्लाको डाक्नेश्वरी नगरपालिकामा बिहीबार शुभकामना आदान प्रदान गर्दै ।
होली पर्वको पूर्वसन्ध्यामा लोसपा नेपाल सप्तरी डाक्नेश्वरी नगरपालिका नगर कमिटिले जिल्लाको डाक्नेश्वरी नगरपालिकामा बिहीबार शुभकामना आदान प्रदान गर्दै ।
सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी
सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी
गाउँपालिकाद्वारा बाढीपीडितलाई राहत बितरण
गाउँपालिकाद्वारा बाढीपीडितलाई राहत बितरण

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?