खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु

राजविराज राजविराज
|
आइतबार, भाद्र २२, २०८२
|
|
२३ पटक हेरिएको
Shares
खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु

सारांश

  •     जिल्लाको शम्भुनाथ नगरपालिका ७ स्थित खोलामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
  •       सो पालिका वडा नं.
  • ७ भंगाहास्थित देवधार खोलाको पूर्व पट्टी काश घारीको किनारामा पहिचान नखुलेको तराई मुलुकको जस्तो देखिने ४०÷४५ वर्षिया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ भदौ । 

    सप्तरीको छुट्टाछुट्टै स्थानमा शनिबार भएको घटनामा एक महिला खोला किनारमा मृत फेला परेकी छिन भने टाउँकोमा चोट लागेका पुजारीको उपचारका क्रममा मृत्यु भएको छ । 
    जिल्लाको शम्भुनाथ नगरपालिका ७ स्थित खोलामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।  
    सो पालिका वडा नं. ७ भंगाहास्थित देवधार खोलाको पूर्व पट्टी काश घारीको किनारामा पहिचान नखुलेको तराई मुलुकको जस्तो देखिने ४०÷४५ वर्षिया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यस्तै जिल्लाको कञ्चनरुप नगरपालिका ९ सुन्दरी पुलको छेउस्थित काली मन्दिरका पुजारीको मृत्यु भएको छ । नाम नखुलेका ७०÷७५ वर्षिय ती पुजारी विगत ६÷७ वर्षदेखी उक्त मन्दिरमा पुजारीको रुपमा कार्यरत थिए ।
    शनिबार साँझ टाउँकोमा चोट लागेर लडिरहेको अवस्थामा स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए । उपचारका लागि नगर अस्पताल कंचनपुरमा भर्ना गरेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । 
    मृत्यु भएका पुजारीको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको तथा घटना शंकास्पद देखिएकोले अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ