जन्मसिद्धका आधारमा पाउन नसकेका नेपाली नागरिकले नागरिकता पाउनु पर्छ ः उपेन्द्र यादव

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १५, २०७६
|
|
७४ पटक हेरिएको
Shares
जन्मसिद्धका आधारमा पाउन नसकेका नेपाली नागरिकले नागरिकता पाउनु पर्छ ः उपेन्द्र यादव

सारांश

  •     नेपाल राष्टिूय मुसहर संघको चौथो जिल्ला अधिवेशनलाई बिहीबार राजविराजमा सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
  •       दलित, मुसहर, आदीवासी जनजाती, मुस्लिम तथा पिछडिएको वर्गलाई अधिकार नदिएका कारण अहिले उनीहरु अधिकारबाट बञ्चित रहेको भन्दै अध्यक्ष यादवले सम्पूर्ण मुसहर समुदायलाई आफ्ना हक अधिकार सुनिश्चित गर्न एकजुट भई अगाडी बढ्न सुझाव दिए ।
  •       आयोजित सभालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले गरिब जनताका लागि सरकारले ल्याएको जनता आवास कार्यक्रम मार्फत सबै गरिब जनताले आवास पाउन नसक्ने भन्दै यसका लागि सरकारले छुट्टै योजना ल्याउनु पर्नेमा जोड दिए ।

दैनिक समाचारदाता
राजबिराज, १५ फागुन । 
    समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जन्मसिद्धका आधारमा पाउन नसकेका हरेक नेपाली नागरिकले नागरिकता पाउनु पर्ने बताएका छन् । 
    नेपाल राष्टिूय मुसहर संघको चौथो जिल्ला अधिवेशनलाई बिहीबार राजविराजमा सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । 
    दलित, मुसहर, आदीवासी जनजाती, मुस्लिम तथा पिछडिएको वर्गलाई अधिकार नदिएका कारण अहिले उनीहरु अधिकारबाट बञ्चित रहेको भन्दै अध्यक्ष यादवले सम्पूर्ण मुसहर समुदायलाई आफ्ना हक अधिकार सुनिश्चित गर्न एकजुट भई अगाडी बढ्न सुझाव दिए । 
    आयोजित सभालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले गरिब जनताका लागि सरकारले ल्याएको जनता आवास कार्यक्रम मार्फत सबै गरिब जनताले आवास पाउन नसक्ने भन्दै यसका लागि सरकारले छुट्टै योजना ल्याउनु पर्नेमा जोड दिए । 
    उनले मुसहर समुदायका बालबालिकाहरु सबै भन्दा बढी कुपोषित हुने गरेकाले सरकारले निशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउनु पर्ने आवश्यकता रहेको बताए । सोही सभामा अध्यक्ष यादवले मुसहर समुदायका बालबालिकाहरुलाई काममा नलगाई शिक्षा हासिल गर्नेतर्फ अग्रसर गराउनु पर्नेमा जोड समेत दिए । 
    सोही कार्यक्रममा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री बिजय यादवले मुसहर समुदायलाई राजयले भोट बैंकको रुपमा प्रयोग गर्दै आइरहेकोले भन्दै अब मुसहर समुदाय पनि राजनीतिक रुपमा अघि बढ्नु पर्ने आवश्यकता रहेको बताए । 
    “राजनैतिक एउटा यस्तो साँचो हो, जसले सबै सम्भावनाको ढोकालाई खोल्न सक्छ”, मन्त्री यादवले भने, “राजनैतिक रुपमा संगठित नहुनजेलसम्म मुसहर समुदायले अधिकार प्राप्त गर्न असम्भव जस्तै छ ।”
    प्रदेश सरकारले ल्याएको दलित सशक्तिकरण विदेयक समाजमा रहेको छुवाछुत, जातिय विभेद जस्ताको संस्कारको अन्त्य गर्न संजिवनी बुटीको काम गर्ने दाबी उनले गरे । 
    प्रदेश सरकारको तर्फबाट दलितहरुका लागि  छात्राबास, शिक्षा, रोजगारी लगायतका कामहरु अगाडी बढाइएको बताउदै जनकपुरस्थित रहेको सवरी कुटीका लागि  पनि ८० लाख बजेट बिनियोजन गरेको उनले जानकारी दिए ।
    राष्टिूय मुसहर संघका केन्द्रिय अध्यक्ष चन्देश्वर सदा, मुसहर संघका अगुवा गंगा सदा, बलराम सदा, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र लगायतले शुभकामना मन्तव्य दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गर्मीले जनजीवन कष्टकर बन्दै, सर्पदंशको त्रास, अस्पतालमा बिरामी बढे, बजार सुनसान
गर्मीले जनजीवन कष्टकर बन्दै, सर्पदंशको त्रास, अस्पतालमा बिरामी बढे, बजार सुनसान
कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ 
कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ 
सबै वडाका स्वास्थ्यको बार्षिक समिक्षा सम्पन्न
सबै वडाका स्वास्थ्यको बार्षिक समिक्षा सम्पन्न
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
अतिरिक्त हुलाक ऐन खारेज गर्नु  पर्छ ः प्रदेश कृषि मन्त्री साह
अतिरिक्त हुलाक ऐन खारेज गर्नु  पर्छ ः प्रदेश कृषि मन्त्री साह
चार बुँदे माग राख्दै हरवा चरवाले  प्रर्दशन गर्दै बुझाए ज्ञापनपत्र 
चार बुँदे माग राख्दै हरवा चरवाले  प्रर्दशन गर्दै बुझाए ज्ञापनपत्र 
दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो 
दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो 
पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता 
पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता 
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी