ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका  लागि अस्पतालसँग ग¥यो सम्झौता

राजविराज राजविराज
|
शुक्रबार, आश्विन २, २०७७
|
|
१२९ पटक हेरिएको
Shares
ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका  लागि अस्पतालसँग ग¥यो सम्झौता

सारांश

  • राजविराज, २ असोज ।
  •       ग्लोबल आइएमई बैंक शाखा राजविराजले आफ्ना ग्राहक, कर्मचारी तथा शेयरहोल्डरलाई स्वास्थ्य उपचारमा छुट दिने भएको छ ।
  •       सो छुट सम्बन्धी ग्लोबल आइएमई बैंक शाखा राजविराज र छिन्नमस्ता एजुकेशनल ऐकेडेमी एण्ड कलेज प्रालिबीच सम्झौता भएको छ ।

ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका 
लागि अस्पतालसँग ग¥यो सम्झौता
दैनिक समाचारदाता
राजविराज, २ असोज । 
    ग्लोबल आइएमई बैंक शाखा राजविराजले आफ्ना ग्राहक, कर्मचारी तथा शेयरहोल्डरलाई स्वास्थ्य उपचारमा छुट दिने भएको छ । 
    सो छुट सम्बन्धी ग्लोबल आइएमई बैंक शाखा राजविराज र छिन्नमस्ता एजुकेशनल ऐकेडेमी एण्ड कलेज प्रालिबीच सम्झौता भएको छ । 
    बैंकका प्रबन्धक मनिष महासेठका अनुसार सम्पूर्ण खाताधारी, ग्राहक, एटिएम, डेबिड कार्ड, प्रिसिलेशन कार्ड प्रयोगकर्ता, क्युआर कोर्ड पेमेन्ट, शेयर होल्डर तथा उक्त बैंकका कर्मचारीहरुले स्वास्थ्य परिक्षण र उपचारमा विशेष छुट सुबिधा प्राप्त गर्ने छन् । 
    उनले उक्त अस्पतालमा ग्लोबल आइएमई बैंकसँग आबद्धता रहेको कुनै प्रमाण पेश गरेपछि स्वास्थ्य परिक्षण, उपचार, ल्याब टेस्ट, यूसिजि, बेड शुल्क, आइसियु, सिटि स्क्यान, प्रसुती लगायतका स्वास्थ्य सेवामा १० प्रतिशत छुट पाउने सम्झौता भएको जानकारी दिए । 
    त्यस्तै औषधीमा भने २ प्रतिशत मात्र छुट सुबिधा पाउने सम्झौता पत्रमा उल्लेख गरिएको छ । हाल २०७७ असोज १ गतेदेखी २ वर्षसम्मका लागि सो सुबिधा पाउने गरि भएको सम्झौतामा बैंकका तर्फबाट प्रबन्धक महासेठ तथा अस्पतालका तर्फबाट संचालक शैलेन्द्र मोहन झाले हस्ताक्षर गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?