दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
निर्माण कार्य नै सुरु नगरी अलपत्र छाडिएको राजविराज वडा नं. १० बिरौलमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण काम सुरु गर्न माग गर्दै आन्दोलनरत युवाहरुले हस्ताक्षर अभियान सुरु गरेका छन् ।
सवा दूई वर्ष अघि शिलान्यास गरेर अलपत्र अवस्थामा छाडिएको सो विज्ञान प्रतिष्ठानको निर्माण कार्य सुरु गर्न सप्तरी युथ नेपालले दोश्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत बुधबारदेखि हस्ताक्षर अभियान सूरु गरेको हो ।
प्रतिष्ठान निर्माणका लागी दवाव दिन सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाईमा हस्ताक्षर अभियान सुरु गरिएको संयोजक सत्येन्द्र यादवले जानकारी दिए ।
अभियान २३ मंसिर सम्म चल्ने र त्यसबाट पनि माँग उपर सुनवाई नभए तेश्रो चरणको आन्दोलनका थप कार्यक्रमहरु घोषणा गरिने आन्दोलन परिचालन समितिका संयोजक यादवले बताए ।
प्रतिष्ठान निर्माणको काम अविलम्ब सूरु गर्न मागँ गर्दै यूवाहरुले यस अघि पहिलो चरणमा ¥याली, सिट्टी जुलुश, धर्ना, दिउँसै टर्च बालेर प्रर्दशन लगायतका कार्यक्रम गरिसकेका छन् ।
अर्काे तीर प्रतिष्ठान निर्माण कार्य सुरु गर्न माँग गर्दै विगत ५३ दिनदेखि स्थानीयले रिले अनसनसलाई निरन्तरता दिइरहेका छन् । तर सरकारले अझै चासो न देखाएको भन्दै यूवाहरुले पनि चरणबद्ध आन्दोलन कार्यक्रम गर्दै सरकारमाथी दवावको प्रयास थालेका हुन् ।
हस्ताक्षर अभियानको पहिलो दिन १ हजार भन्दा बढीले समर्थन जनाई व्यानरमा हस्ताक्षर गरेको सप्तरी यूथ नेपालका कार्यवहाक अध्यक्ष मोहन कुमार यादवले जानकारी दिए ।
प्रतिष्ठान निर्माणका लागी यूवाहरुद्वारा हस्ताक्षर अभियान
सारांश
- सवा दूई वर्ष अघि शिलान्यास गरेर अलपत्र अवस्थामा छाडिएको सो विज्ञान प्रतिष्ठानको निर्माण कार्य सुरु गर्न सप्तरी युथ नेपालले दोश्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत बुधबारदेखि हस्ताक्षर अभियान सूरु गरेको हो ।
- प्रतिष्ठान निर्माणका लागी दवाव दिन सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाईमा हस्ताक्षर अभियान सुरु गरिएको संयोजक सत्येन्द्र यादवले जानकारी दिए ।
- अभियान २३ मंसिर सम्म चल्ने र त्यसबाट पनि माँग उपर सुनवाई नभए तेश्रो चरणको आन्दोलनका थप कार्यक्रमहरु घोषणा गरिने आन्दोलन परिचालन समितिका संयोजक यादवले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया