चार महिलासहित २१ जना फरार प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
मंगलबार, पौष २, २०८१
|
|
६४ पटक हेरिएको
Shares
चार महिलासहित २१ जना फरार प्रतिवादी पक्राउ

सारांश

  •     २०८१ पुस १ र २ गरि दुई दिन भित्र जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुबाट खटेको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका ती २१ फरार प्रतिवादी पक्राउ गरेको हो ।
  •          उनीहरुबाट २ वर्ष १ महिना कैद सजाय र ६० हजार ७ सय २५ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए ।
  • पक्राउ परेका मध्ये सबै भन्दा बढी डाका र कुटपिट मुद्दाका चार÷चार जना छन् ।

दैनिक समाचारदाता
राजविराज, २ पुस । 

    जिल्ला प्रहरी कार्यालय सप्तरीले दुई दिनको अवधीमा १७ पुरुष र चार महिलासहित २१ जना फरार प्रतिवादी पक्राउ गर्न सफल भएको छ ।    
    २०८१ पुस १ र २ गरि दुई दिन भित्र जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुबाट खटेको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका ती २१ फरार प्रतिवादी पक्राउ गरेको हो ।     
    उनीहरुबाट २ वर्ष १ महिना कैद सजाय र ६० हजार ७ सय २५ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए । पक्राउ परेका मध्ये सबै भन्दा बढी डाका र कुटपिट मुद्दाका चार÷चार जना छन् । गाली बेइज्जत र कुटपिटका तीन, तथा कुटपिट र लुटपिट र चौपाया चोरी कसुरका दुई÷दुई जना छन् । 
    यस्तै अपराधिक उपद्रव, कुटपिट अंगभंग, मुद्दा सम्बन्धि, चेक अनादार र गर्भपतन मुद्दाका एक एक जना छन् । पक्राउ परेका मध्ये कुटपिटमा एक तथा गाली बेइज्जत र कुटपिट अंगभंगका ३ गरी ४ जना महिला छन् । 
    अपराध घटनाको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार भई लुकिछिपी बसेकाहरु उपर सुराकी र निगरानी बढाए सँगै धमाधम फरार प्रतिवादी पक्राउ पर्न थालेको प्रहरी उपरीक्षक खतिवडाको भनाई छ । चालु आ.व.को हालसम्म १ सय ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरिसकेको सप्तरी प्रहरीको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने 
काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने 
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण 
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण 
जेसीजमा देवको नेतृत्व, पदस्थापन सम्पन्न
जेसीजमा देवको नेतृत्व, पदस्थापन सम्पन्न
बाढी पीडितलाई लायन्स इन्टरनेशनलको सहयोग
बाढी पीडितलाई लायन्स इन्टरनेशनलको सहयोग
जंगली हात्तिको आंतक कायमै, दुई दिनमा डेढ दर्जन घर भत्काए, लाखौंको क्षति
जंगली हात्तिको आंतक कायमै, दुई दिनमा डेढ दर्जन घर भत्काए, लाखौंको क्षति
सांसद चन्दा चौधरीले सप्तरीका सहिद  र घाइते परिवारको अवस्था बुझे
सांसद चन्दा चौधरीले सप्तरीका सहिद  र घाइते परिवारको अवस्था बुझे
दुर्गा सेकेण्ड्री सेमिफाईनलमा प्रवेश
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
छिन्नमस्ता भगवतीको मुकुटसहित चोरीका अभियुक्त पक्राउ
छिन्नमस्ता भगवतीको मुकुटसहित चोरीका अभियुक्त पक्राउ
डाक्नेश्वरीका नगरप्रमुख मलाहद्वारा  ब्याजसहित रकम फिर्ता
डाक्नेश्वरीका नगरप्रमुख मलाहद्वारा  ब्याजसहित रकम फिर्ता