दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
¥यापिड डाइनोष्टिक टेष्टमा दुई जनामा कोरोना पोजेटिभ पाइएपछि सप्तरी जिल्लाको दुई वटा स्थानिय तहको दुई वटा वडा आज शिल गरिएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ तिलाठी र खडक नगरपालिका वडा नं. ११ जाजरलाई शिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जानकारी दिएको छ ।
भारतको दिल्ली मरकजबाट फर्केका ७ जनाको मंगलवार राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ¥यापिड डाइनोष्टिक टेष्ट गर्दा ती दुई जनामा कोरोना पोजेटिभ पाईएको थियो ।
¥यापिड डाइनोष्टिक टेष्टबाट कोरोना पोजिटिभ पाईएको दुबै जनाको सो वडा स्थायी ठेगाना रहेकोले जिल्ला सुरक्षा समितिको बैठकबाट सो निर्णय गर्दै शिल गरिएको हो ।
वडाहरुलाई शिल गर्दै सो स्थानमा ब्यापक सुरक्षा सर्तकर्ता बढाईएको र ती दुबै जनाको सम्पर्कमा आएका व्यक्तिहरुको समेत खोजी थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
यता मंगलबार राती नै सातै जनाको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि धरानस्थित बिपी कोइरला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
दुई साता अघि विभिन्न सिमानाका भएर सप्तरी प्रवेश गरेकाहरुको स्थानीय प्रशासनको सक्रियतामा खोजी गर्ने क्रममा घरमै बसिरहेको अवस्थामा फेला पारेर क्वारेन्टाईनमा पु¥याईएको हो ।
यसअघि अस्पतालमा १० जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ पाईएको थियो ।
कोरोना पोजेटिभ पाइएका व्यक्तिको घर रहेको सप्तरीको दुई स्थानीय तहको दुई वडा शिल
सारांश
- भारतको दिल्ली मरकजबाट फर्केका ७ जनाको मंगलवार राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ¥यापिड डाइनोष्टिक टेष्ट गर्दा ती दुई जनामा कोरोना पोजेटिभ पाईएको थियो ।
- ¥यापिड डाइनोष्टिक टेष्टबाट कोरोना पोजिटिभ पाईएको दुबै जनाको सो वडा स्थायी ठेगाना रहेकोले जिल्ला सुरक्षा समितिको बैठकबाट सो निर्णय गर्दै शिल गरिएको हो ।
- वडाहरुलाई शिल गर्दै सो स्थानमा ब्यापक सुरक्षा सर्तकर्ता बढाईएको र ती दुबै जनाको सम्पर्कमा आएका व्यक्तिहरुको समेत खोजी थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया