रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ २५, २०८३
|
|
७१ पटक हेरिएको
Shares
रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव

सारांश

  • श्रम तथा रोजगार मन्त्री रामजी यादवले बिहीबार आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै उक्त जानकारी दिएका हुन् ।
  • सप्तरी क्षेत्र नं.
  • २ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री यादवले “राजविराज नगरपालिका १० विरौलस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढ्ने भएको छ ।
दैनिक समाचारदाता
राजविराज, २५ असार । 
रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड विनियोजन गरि टेन्डर प्रक्रिया अघि बढाइने भएको छ ।
श्रम तथा रोजगार मन्त्री रामजी यादवले बिहीबार आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै उक्त जानकारी दिएका हुन् ।
सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री यादवले “राजविराज नगरपालिका १० विरौलस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढ्ने भएको छ । त्यसै क्षेत्रका सांसद तथा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहल तथा प्रधानमन्त्री बालेन्द्र शाहको चासोपछि प्रतिष्ठानका लागि आर्थिक वर्ष २०८३÷८४ को बजेटमा समेटिएको थियो ।” भन्दै स्टाटस लेखेका छन् ।
सोही अन्तरगत सरकारले ५० करोड विनियोजन गरी टेन्डर प्रक्रिया अघि बढाउने निर्णय गरेको उल्लेख गर्दै उनले अगाडी लेखेका छन्, “पूर्वाधार निर्माण कार्य तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ असार २२ गते अनलाइन मार्फत शिलान्यास गरेपछि सुरु गर्ने घोषणा भए पनि पर्यावरण प्रभाव मूल्याङ्कन रिपोर्ट (इआइए) नहुँदा काम रोकिएको थियो । हाल उक्त इआइए रिपोर्ट स्वीकृत भएपछि बजेट उपलब्ध गराइ टेन्डर प्रक्रिया अगाडि बढाइएको छ ।”
“निर्माण सम्पन्न भए राजविराजमा प्रतिष्ठित स्वास्थ्य अध्ययन तथा सेवा केन्द्रको सञ्चालनले सो क्षेत्रको स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने अपेक्षा छ । १६ पुस २०७५ मा मन्त्रिपरिषद्ले प्रतिष्ठान स्थापना गर्ने निर्णय गर्दा नगरपालिकाले ३० वर्षका लागि ६२ बिघा जग्गा उपलब्ध गराएको थियो ।” उनले स्मरण गराएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?