आगलागिमा १५ लाख बढीको क्षति, सात वटा पशुचौपाया जलेर घाइते 

राजविराज राजविराज
|
शनिबार, पौष २५, २०७७
|
|
२८ पटक हेरिएको
Shares
आगलागिमा १५ लाख बढीको क्षति, सात वटा पशुचौपाया जलेर घाइते 

सारांश

  •     यस्तै सातवटा पशुचौपाया समेत जलेर घाइते भएको राजविराज नगरपालिका बारुणयन्त्र विभागका कर्मचारी श्याम यादवले जानकारी दिएका छन् ।
  •       राजविराज नगरपालिकाको बारुणयन्त्र, शसस्त्र र नेपाल प्रहरी तथा स्थानिय वासिन्दाको मद्दतले एक घण्टाको प्रयासपछि आगोमाथी नियन्त्रण पाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       यसअघि सोही टोलमा पुस ११ गते सोनाई सुतिहार तथा पुस १७ गते महाबिर साहको घरमा आगलगि हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको थियो ।

    राजविराज÷सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ स्थित लोखरम टोलमा शुक्रबार राती आगलागि हुँदा १५ लाख बढी मुल्य बराबरको क्षति भएको छ । 
    आगलगिमा एक गाईगोठ, दुई घर, एक बैलगाडा, दुई साइकल, भाडाकुडा र खाद्यान्न समेत जलेको छ ।
    स्थानिय राजदेव सुतिहारको गाईगोठमा लागेको आगोले सुतिहारको गाईगोठका साथै छिमेकी गोसाई सुतिहार र कृष्णा सुतिहारको घर जलेर नष्ट हुँदा १५ लाख भन्दा बढीको क्षति भएको पीडितहरुले बताएका छन् । 
    यस्तै सातवटा पशुचौपाया समेत जलेर घाइते भएको राजविराज नगरपालिका बारुणयन्त्र विभागका कर्मचारी श्याम यादवले जानकारी दिएका छन् । 
    राजविराज नगरपालिकाको बारुणयन्त्र, शसस्त्र र नेपाल प्रहरी तथा स्थानिय वासिन्दाको मद्दतले एक घण्टाको प्रयासपछि आगोमाथी नियन्त्रण पाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यसअघि सोही टोलमा पुस ११ गते सोनाई सुतिहार तथा पुस १७ गते महाबिर साहको घरमा आगलगि हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको थियो । 
    प्रायजसो लगातार आगलगि हुन थालेको तर, कारण खुल्न नसक्दा स्थानिय त्रसित भएका छन् । सोही टोल निवासी पूर्वसांसद सकलदेव सुतिहारले आगलगिका डरले चिसोका वावजुद विगत एक महिनादेखी स्थानियले घुर बाल्न छाडेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद रेशम चौधरीको खुट्टामा नेल बाँधेर उपचार गरिँदै
सांसद रेशम चौधरीको खुट्टामा नेल बाँधेर उपचार गरिँदै
बलानबिहुलको वडा नं. ४  पूर्ण विद्युत युक्त वडा घोषणा
बलानबिहुलको वडा नं. ४  पूर्ण विद्युत युक्त वडा घोषणा
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
उम्मेदवारी फिर्ता लिएका  ललनले पाए ९५ भोट
उम्मेदवारी फिर्ता लिएका  ललनले पाए ९५ भोट
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
गलत प्रकृयाबाट नागरिकता लिने र दिनेलाई कार्वाही हुनुपर्छ : प्रदेश २ प्रमुख झा
गलत प्रकृयाबाट नागरिकता लिने र दिनेलाई कार्वाही हुनुपर्छ : प्रदेश २ प्रमुख झा
माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, दुई घाइते 
किसान तथा कार्यकर्ता पक्राउ गरेको बिरोधमा जनमतद्वारा चक्काजाम
किसान तथा कार्यकर्ता पक्राउ गरेको बिरोधमा जनमतद्वारा चक्काजाम
दुर्घटनामा स्वाथ्यकर्मीको मृत्यु, शोकमा स्वास्थ्य शाखाहरुमा बिदा 
दुर्घटनामा स्वाथ्यकर्मीको मृत्यु, शोकमा स्वास्थ्य शाखाहरुमा बिदा