दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. १२ का वडा अध्यक्षसहित तीनजनालाई प्रहरीले बलात्कार प्रयासको आरोपमा पक्राउ गरेको छ ।
एक ३५ वर्षिया महिलालाई बलात्कार प्रयासको आरोपमा ५५ वर्षिय वडा अध्यक्ष लक्ष्मी साहसहित तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको हो । अन्य दुई जनाको नाम भने प्रहरीले गोप्य राखेको छ ।
उनीहरुलाई बुधबार बिहान ७ बजेतिर जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको विशेष टोलीले घरबाटै पक्राउ गरेको डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।
पक्राउ परेका साह गत स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका हुन् । सोही वडा निवासी पीडित भनिएकी महिलाले प्रहरीमा दिएको उजुरीमा गत मंसिर १४ गते दुई जना मानिसलाई मोटरसाइकलमा पठाई वडा अध्यक्षले बोलाएको भन्दै उनकै कुखुरा फर्ममा सामूहिक बलात्कारको प्रयास गरिएको उल्लेख गरेकी छिन् ।
सोही उजुरी र प्रारम्भिक उपलब्ध सुत्रका आधारमा थप अनुसन्धानका लागि वडा अध्यक्ष साहसहित तीनजनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
बलात्कार प्रयास गरेको आरोपमा वडाअध्यक्षसहित तीन पक्राउ
सारांश
- एक ३५ वर्षिया महिलालाई बलात्कार प्रयासको आरोपमा ५५ वर्षिय वडा अध्यक्ष लक्ष्मी साहसहित तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको हो ।
- अन्य दुई जनाको नाम भने प्रहरीले गोप्य राखेको छ ।
- उनीहरुलाई बुधबार बिहान ७ बजेतिर जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको विशेष टोलीले घरबाटै पक्राउ गरेको डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया