विद्यालयको फलामे ढोकाले किचिएर बालकको मृत्यु

राजविराज राजविराज
|
आइतबार, भाद्र १४, २०७७
|
|
५८ पटक हेरिएको
Shares
 विद्यालयको फलामे ढोकाले किचिएर बालकको मृत्यु

सारांश

  •     सप्तरीको रुपनी गाउँपालिका ४ छप्की भतौलस्थित आधारभुत विद्यालय प्रवेशद्वारको फलामे ढोका झरेर किचिदा सोही विद्यालयका कार्यालय सहयोगि चन्द्रशेखर प्रमाणिका ११ वर्षिय छोरा उपेन्द्रको शनिबार राती ज्यान गएको हो ।
  •       टाउँको र छातीमा गहिरो चोट लागि गम्भिर घाइते भएका उनलाई उपचारका लागि युनिक अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु घोषित गरेका थिए ।
  •       स्थानियका अनुसार शनिबार दिउँसो वडा अध्यक्ष छेदी रजकले नेकपा वडास्तरिय भेलाको आयोजना गर्न उक्त विद्यालय प्रयोग गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १४ भदौं । 
    विद्यालयको फलामे ढोकाले किचिएर सप्तरीमा एक ११ वर्षिय बालकको ज्यान गएको छ । 
    सप्तरीको रुपनी गाउँपालिका ४ छप्की भतौलस्थित आधारभुत विद्यालय प्रवेशद्वारको फलामे ढोका झरेर किचिदा सोही विद्यालयका कार्यालय सहयोगि चन्द्रशेखर प्रमाणिका ११ वर्षिय छोरा उपेन्द्रको शनिबार राती ज्यान गएको हो । 
    टाउँको र छातीमा गहिरो चोट लागि गम्भिर घाइते भएका उनलाई उपचारका लागि युनिक अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु घोषित गरेका थिए । 
    स्थानियका अनुसार शनिबार दिउँसो वडा अध्यक्ष छेदी रजकले नेकपा वडास्तरिय भेलाको आयोजना गर्न उक्त विद्यालय प्रयोग गरेका थिए । कार्यक्रम अबेर साँझसम्म चलेको थियो । कार्यक्रमका सहभागिहरु कार्यक्रम सकाएर फर्किएपनि ढोका भने खुल्लै छाडेका थिए । 
    ढोका खुल्ला देखेपछि विद्यालयमै रहेका उपेन्द्र ढोका लगाउन गएका थिए । सोही क्रममा अचानक ढोका उनको शरीरमा झरेर सो दुर्घटना भएको प्रहरीले जनाएको छ । 
    यता गाउँपालिकाका अध्यक्ष हरेराम यादवले दुई महिनाअघि मात्र विद्यालयको प्रवेशद्वारमा उक्त ढोका जडान गरिएको आफूलाई जानकारी प्राप्त भएको बताए । ढोका जडान गर्ने र गराउने तथा विद्यालयमा कार्यक्रम गरि ढोका खुल्लै छाडी हिड्ने दुबै पक्षको लापरवाही देखिएको उनले बताए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि
अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि
शिव केयर नेपालद्वारा दाताहरु सम्मानित
शिव केयर नेपालद्वारा दाताहरु सम्मानित
तिरहुत टाइगर्र्स सप्तरी प्रिमियर लिग सिजन ६ को बिजेता 
तिरहुत टाइगर्र्स सप्तरी प्रिमियर लिग सिजन ६ को बिजेता 
कोभिड १९ को रोकथाम तथा  उपचारका लागि स्वास्थ्य सामाग्रि
कोभिड १९ को रोकथाम तथा  उपचारका लागि स्वास्थ्य सामाग्रि
मृत्युको मुखमा पुगेका एक बृद्धले पाए नयाँ जीवन 
मृत्युको मुखमा पुगेका एक बृद्धले पाए नयाँ जीवन 
प्रदेश सरकारले बेरोजगार यूवाहरुलाई बिना  ब्याजको ऋण दिने ः कृषि मन्त्री साह
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
३ सय ४४ छात्रछात्रालाई ई. साहले बितरण गरे स्वेटर
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु
विद्यार्थीलाई लक्षित गरि सेनाको ग्रासरुट टे«निङ 
विद्यार्थीलाई लक्षित गरि सेनाको ग्रासरुट टे«निङ