प्रदेश सरकारले बेरोजगार यूवाहरुलाई बिना  ब्याजको ऋण दिने ः कृषि मन्त्री साह

राजविराज राजविराज
|
मंगलबार, कार्तिक १९, २०७६
|
|
६१ पटक हेरिएको
Shares

सारांश

  •     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ कोइलाडीमा शिवशक्ति कृषि सहकारी संस्था लिमिटेडको कार्यालय एवं कृषि व्वस्थापन हाट बजार सेडको सोमबार उद््घाटन गर्दै सो जानकारी दिएका हुन्् ।
  • सो कृषि हाट बजार सेड प्रदेश २ सरकारको भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा निर्माण भएको हो ।
  •       सो कार्यक्रममा मन्त्री साहले बेरोजगार यूवाहरुलाई स्वदेशमै रोजगारी गर्नका लागि प्रोत्साहन स्वरुप प्रदेश सरकारले चाडै नै बिना ब्याजको ऋण दिने व्यवस्था मिलाउन लागेको बताए ।

दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक ।
    प्रदेश २ का भूमि, व्यवस्था तथा कृषि सहकारी मनत्री शैलेन्द्र प्रसाद साहले प्रदेश सरकारले बेरोजगार यूवाहरुलाई कृषि क्षेत्रमा रोजगारीका लागि बिना ब्याजको ऋण दिने व्यवस्था मिलाउन लागेको जानकारी दिएका छन्् । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ कोइलाडीमा शिवशक्ति कृषि सहकारी संस्था लिमिटेडको कार्यालय एवं कृषि व्वस्थापन हाट बजार सेडको सोमबार उद््घाटन गर्दै सो जानकारी दिएका हुन्् । सो कृषि हाट बजार सेड प्रदेश २ सरकारको भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा निर्माण भएको हो । 
    सो कार्यक्रममा मन्त्री साहले बेरोजगार यूवाहरुलाई स्वदेशमै रोजगारी गर्नका लागि प्रोत्साहन स्वरुप प्रदेश सरकारले चाडै नै बिना ब्याजको ऋण दिने व्यवस्था मिलाउन लागेको बताए । उनले एक कठ्ठा जग्गादेखी १० कठ्ठा जग्गा रहेका साना किसानहरुका लागि प्रदेश सरकारले १० हजार रकम समेत दिने व्यवस्था मिलाउन लागेको जानकारी दिदै सो रकम प्रदेश सरकारले नै किसानहरुको बैंकमा खाता खोलेर सो रकम जम्मा समेत गरिदिने बताए । 
    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेश २ मा ८० वटा कृषि सेड मध्ये २४ वटा सप्तरी जिल्लामै निर्माण भएको उल्लेख गरे । जसमा १९ वटा कृषि र ५ वटा पशुपंक्षि सेड निर्माण गरिएको उनले बताए ।
    उनले प्रदेश २ मा कृषिको पर्याप्त सम्भावना रहेकोले किसानहरुलाई कृषि गर्न सुझाव दिँदै प्रदेश सरकारले कृषि सडक निर्माण, कृषिका लागि विद्युतीकरण र साना सिंचाईको व्यवस्था समेत मिलाउन लागेको जानकारी दिए । त्यस्तै मन्त्री साहले माघ महिना देखी जन्मेका छोरीहरुका लागि प्रदेश सरकारले १ लाख २५ हजारको शैक्षिक बिमा समेत गरिदिएको जानकारी दिए । 
    केन्द्रिय सरकारले विगतदेखी नै कृषि क्षेत्रलाई प्राथमिकता नदिएको आरोप लगाउँदै मन्त्री साहले कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने लक्ष्य लिएर हाल प्रदेश सरकारले आफ््नो कुल बजेटको १७ प्रतिशत बजेट कृषि क्षेत्रमै लगानी गरेको उल्लेख गरे । सो बजेट मुलुकको कृषि क्षेत्रमा बिनियोजन भएको हालसम्मकै उच्च रहेको उनको भनाई छ । 
    मलखादको अभाव स्थानियस्तरको समस्या नभएर राष्ट्रिय समस्या रहेको भन्दै मन्त्री साहले  त्यसका लागि प्रदेश सरकारले प्रदेश २ मा तीन वटा मल उद्योगको स्थापनाका लागि कार्य अगाडी बढाएकोमा सप्तरी जिल्लामा एउटा मल उद्योग स्थापना हुने जानकारी समेत दिए । 
    संस्थाका अध्यक्ष बलदेव मण्डलको अध्यक्षतमा आयोजित कार्यक्रममा वडा नं. ४ का अध्यक्ष गोपी मण्डल, वडा नं. ३ का अध्यक्ष मनोज चौधरी, गैरसरकारी संस्था सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, नापी कार्यालयका पूर्व डिईओ रामनरेश प्रसाद सिंह, समाजवादी पार्टीका डम्बर नारायण साह, राजपाका गुडुप्रसाद सिंह, नेकपाका बसन्त मण्डल, समाजवादी पार्टीका चुलाई मण्डल, तिलाठी कोइलाडी गाउँपालिका उपाध्यक्ष सुचिता यादव, पत्रकार नवीन कुमार गुप्ताले सकारात्मक सोचका साथ विकासीय कार्यलाई निरन्तरता दिनु पर्ने विचार व्यक्त गरेका थिए । 
    कार्यक्रम संचालन प्रमोद शर्माले गरेका थिए भने संस्थाको उद्देश्यबारे संस्थाका सचिव राधाबल्लभ लाल कर्णले प्रकाश पारेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष संजय कुमार सिंहले दिएका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेविसंघद्वारा पुस्तक र पेट्रोलियम  पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध 
नेविसंघद्वारा पुस्तक र पेट्रोलियम  पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध 
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन
सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी  पसलको विद्युतीय उपकरण नियन्त्रणमा
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी पसलको विद्युतीय उपकरण नियन्त्रणमा
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
खैरो हेरोइनसहित दुई पक्राउ
खैरो हेरोइनसहित दुई पक्राउ
बालअधिकार, प्रवद्र्धन सम्बन्धी ऐनको कार्यान्वयनमा  स्थानिय तहको भुमिका बारे जिल्लास्तरिय गोष्ठी सम्पन्न 
बालअधिकार, प्रवद्र्धन सम्बन्धी ऐनको कार्यान्वयनमा  स्थानिय तहको भुमिका बारे जिल्लास्तरिय गोष्ठी सम्पन्न 
मतदाता र निर्वाचन अधिकृतको कार्यालयलाई  भ्रममा पार्न झुठो उजुरी ः शेखर सिंह
डेढ वर्षअघि वेपत्ता भएकी  महिलाको कंकाल फेला
डेढ वर्षअघि वेपत्ता भएकी  महिलाको कंकाल फेला
दलित आरक्षण हासिल गरेकोप्रति आभार व्यक्त 
दलित आरक्षण हासिल गरेकोप्रति आभार व्यक्त