दैनिक समाचारदाता
राजविराज, ९ असार ।
लैङ्गिक हिंसा रोक्नका लागी जागरुक्ता फैलाउने उद्देश्यले सप्तरीको सुरुङ्गा नगरपालिकाबाट चेतनामूलक सडक नाटक मञ्चनको सूरुवात गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, एडिबीको सहकार्य तथा सोसाईटी बेलफेयर मिशन नेपाल सप्तरीको आयोजनामा थालिएको सडक नाटक सचेतना अभियान अन्र्तगत पहिलो दिन सुरुङ्गा नगरपालिकामा नाटक मञ्चन गरिएको छ ।
“खुलेर बोलौ, लैङ्गिक हिंसाको अन्त्य गरौ” नाराका साथ सोमवार सुरुङ्गा नगरपालिका ७ वसन्नपट्टी बजारबाट लैङ्गिक हिंसा जस्ता विकृति विसंगती अन्त्य गर्न तथा स्थानीयको जनचेतना बृद्धि गर्ने लक्ष्यका साथ यो अभियान सुरु गरिएको हो ।
मैथिली, भोजपुरीका चर्चित कलाकार रामलाल कमेडी (भुपेन्द्र मण्डल) को निर्देशनको करिब १ घण्टा लामो नाटकमा एक दर्जन कलाकारको अभिनय थियो । लैङ्गिक हिंसा जस्ता विकृति विसंगती विरुद्ध चोटिलो प्रहार गरेको नाटकले चेतना मुलक सन्देशहरु पनि दिएको थियो ।
नाटक मार्फत स्थानीय चेलीबेटीहरुलाई कुनै पनि खाले दुब्र्यवहार घर, परिवार र समाजबाट भए पीडकलाई कारवाही गराउन सामुहीक रुपमा खुलेर सबैले आवाज उठाउनु पर्नेमा जोड दिएको छ ।
लैङ्गिक हिंसा र त्यसले उब्जाउने् समस्याहरुमा केन्द्रित रहेको नाटक क्रमशः मधेश प्रदेशको सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा पनि प्रर्दशन हुने आयोजक संस्थाका अध्यक्ष मिथलेश प्रसाद साहले जानकारी दिए ।
जनप्रतिनीधी र समाजका अगुवाहरु समेतको उपस्थितीमा मञ्चन गरिएको नाटक मार्फत कलाकारहरुले समाजमा मानिसको सोच र मनोवृतिबाटै लैङ्गिक हिंसाका घटना उब्जने भएकाले सोच परिर्वतन संगै अपराधलाई जरैबाट निमिट्यान्न पार्न समुदायलाई आग्रह गरेका थिए ।
लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
सारांश
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, एडिबीको सहकार्य तथा सोसाईटी बेलफेयर मिशन नेपाल सप्तरीको आयोजनामा थालिएको सडक नाटक सचेतना अभियान अन्र्तगत पहिलो दिन सुरुङ्गा नगरपालिकामा नाटक मञ्चन गरिएको छ ।
- “खुलेर बोलौ, लैङ्गिक हिंसाको अन्त्य गरौ” नाराका साथ सोमवार सुरुङ्गा नगरपालिका ७ वसन्नपट्टी बजारबाट लैङ्गिक हिंसा जस्ता विकृति विसंगती अन्त्य गर्न तथा स्थानीयको जनचेतना बृद्धि गर्ने लक्ष्यका साथ यो अभियान सुरु गरिएको हो ।
- मैथिली, भोजपुरीका चर्चित कलाकार रामलाल कमेडी (भुपेन्द्र मण्डल) को निर्देशनको करिब १ घण्टा लामो नाटकमा एक दर्जन कलाकारको अभिनय थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया