निर्वाचन सम्पन्न भएको १५ दिनपछि  काँग्रेस सप्तरीको अन्तिम नतिजा

राजविराज राजविराज
|
सोमबार, चैत्र ७, २०७८
|
|
६० पटक हेरिएको
Shares
निर्वाचन सम्पन्न भएको १५ दिनपछि  काँग्रेस सप्तरीको अन्तिम नतिजा

सारांश

  •     गत फागुन २३ गते निर्वाचन सम्पन्न भएको थियो ।
  • मतगणना सुस्त गतिमा हुँदा अन्तिम परिणाम आउन १५ दिन समय लागेको हो ।
  •     सभापति र पदाधिकारीसहित कुल ८२ पदका लागि भएको निर्वाचनमा सभापति, २ उपसभापति, २ सचिव र २ सहसचिवको नतिजा १० दिनअघि नै सार्वजनिक भइसकेको छ ।

दैनिक समाचारदाता
राजविराज, ७ चैत । 
    नेपाली कांग्रेस सप्तरी जिल्ला कार्य समितिको सम्पन्न निर्वाचनको १५ दिनपछि सोमवार अन्तिम नतिजा आएको छ । 
    गत फागुन २३ गते निर्वाचन सम्पन्न भएको थियो । मतगणना सुस्त गतिमा हुँदा अन्तिम परिणाम आउन १५ दिन समय लागेको हो ।
    सभापति र पदाधिकारीसहित कुल ८२ पदका लागि भएको निर्वाचनमा सभापति, २ उपसभापति, २ सचिव र २ सहसचिवको नतिजा १० दिनअघि नै सार्वजनिक भइसकेको छ । 
    जसअनुसार सभापति पद शेखर कोइराला पक्षका रामदेव साहले तथा बाँकी महत्वपूर्ण पद २ उपसभापति, २ सचिव र २ सहसचिव संस्थापन पक्षका उम्मेवारले जितेका छन् । 
    सोमबार आएको अन्तिम नतिजा अनुसार कार्य समितिका ७५ सदस्य पदमध्ये ७२ संस्थापन पक्षका उम्मेदवारले जितेका छन् । इतर पक्ष साह प्यानलका ३ जना उम्मेदवार सदस्य पदमा जितेका छन् । 
    महासमिति पदमा पनि ८५ प्रतिशत संस्थापन पक्षका उम्मेदवारले जित हात पारेका छन् । यहाँ इतर पक्षबाट महासमिति सदस्यको उम्मेदवार बनेका पूर्व राजदूत डा.सुरेश चालिसेले पराजयको सामना गर्नुपरेको छ । 
    नेपाली कांग्रेस सप्तरीका प्रवक्ता प्रभातकुमार ललनकाअनुसार जिल्लामा कुल २ हजार ५३५ मतदाता रहेकोमा २ हजार ३४२ मतदाता निर्वाचनमा सहभागी भएका थिए । 
        अन्तिम नतिजा आएपछि केन्द्रीय सदस्य दिनेश कुमार यादवले विज्ञप्ति जारी गरी पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभ्यासबाट खुशी भएको उल्लेख गर्दै नवनिर्वाचित सबैमा बधाई दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराजमा कामना सेवा विकास बैंकको शुभारम्भ
राजविराजमा कामना सेवा विकास बैंकको शुभारम्भ
महिला कामदारलाई करणी गरेको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
महिला कामदारलाई करणी गरेको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड 
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड 
वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी
वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
मन्त्री सोनलद्वारा नदी कटान क्षेत्र निरिक्षण
मन्त्री सोनलद्वारा नदी कटान क्षेत्र निरिक्षण
सप्तरीका विभिन्न क्षेत्रका एक दर्जन ब्यक्ती १०० हिरोज अफ मधेश अवार्डबाट सम्मानित 
विश्व वातावरण दिवसमा  त्रियुगामा बाँसको बिरुवा रोपिए
विश्व वातावरण दिवसमा  त्रियुगामा बाँसको बिरुवा रोपिए
मैथिली लोक कथाहरुको संग्रह पुस्तक बिमोचित  
मैथिली लोक कथाहरुको संग्रह पुस्तक बिमोचित  
सिटभन्दा तेब्बर आवेदन परेपछि परीक्षा
सिटभन्दा तेब्बर आवेदन परेपछि परीक्षा

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?