निर्वाचन सम्पन्न भएको १५ दिनपछि  काँग्रेस सप्तरीको अन्तिम नतिजा

राजविराज राजविराज
|
सोमबार, चैत्र ७, २०७८
|
|
९९ पटक हेरिएको
Shares
निर्वाचन सम्पन्न भएको १५ दिनपछि  काँग्रेस सप्तरीको अन्तिम नतिजा

सारांश

  •     गत फागुन २३ गते निर्वाचन सम्पन्न भएको थियो ।
  • मतगणना सुस्त गतिमा हुँदा अन्तिम परिणाम आउन १५ दिन समय लागेको हो ।
  •     सभापति र पदाधिकारीसहित कुल ८२ पदका लागि भएको निर्वाचनमा सभापति, २ उपसभापति, २ सचिव र २ सहसचिवको नतिजा १० दिनअघि नै सार्वजनिक भइसकेको छ ।

दैनिक समाचारदाता
राजविराज, ७ चैत । 
    नेपाली कांग्रेस सप्तरी जिल्ला कार्य समितिको सम्पन्न निर्वाचनको १५ दिनपछि सोमवार अन्तिम नतिजा आएको छ । 
    गत फागुन २३ गते निर्वाचन सम्पन्न भएको थियो । मतगणना सुस्त गतिमा हुँदा अन्तिम परिणाम आउन १५ दिन समय लागेको हो ।
    सभापति र पदाधिकारीसहित कुल ८२ पदका लागि भएको निर्वाचनमा सभापति, २ उपसभापति, २ सचिव र २ सहसचिवको नतिजा १० दिनअघि नै सार्वजनिक भइसकेको छ । 
    जसअनुसार सभापति पद शेखर कोइराला पक्षका रामदेव साहले तथा बाँकी महत्वपूर्ण पद २ उपसभापति, २ सचिव र २ सहसचिव संस्थापन पक्षका उम्मेवारले जितेका छन् । 
    सोमबार आएको अन्तिम नतिजा अनुसार कार्य समितिका ७५ सदस्य पदमध्ये ७२ संस्थापन पक्षका उम्मेदवारले जितेका छन् । इतर पक्ष साह प्यानलका ३ जना उम्मेदवार सदस्य पदमा जितेका छन् । 
    महासमिति पदमा पनि ८५ प्रतिशत संस्थापन पक्षका उम्मेदवारले जित हात पारेका छन् । यहाँ इतर पक्षबाट महासमिति सदस्यको उम्मेदवार बनेका पूर्व राजदूत डा.सुरेश चालिसेले पराजयको सामना गर्नुपरेको छ । 
    नेपाली कांग्रेस सप्तरीका प्रवक्ता प्रभातकुमार ललनकाअनुसार जिल्लामा कुल २ हजार ५३५ मतदाता रहेकोमा २ हजार ३४२ मतदाता निर्वाचनमा सहभागी भएका थिए । 
        अन्तिम नतिजा आएपछि केन्द्रीय सदस्य दिनेश कुमार यादवले विज्ञप्ति जारी गरी पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभ्यासबाट खुशी भएको उल्लेख गर्दै नवनिर्वाचित सबैमा बधाई दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी