दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले दुईपटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई राष्ट्रपतिले प्रमाणिकरण नगरेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सप्तरीले बुधबार राजविराजमा बिरोध प्रदर्शन गरेको छ ।
लोसपा सप्तरीको पार्टी कार्यालयबाट निस्केको प्रदर्शनमा राष्ट्रपति बिरुद्ध चर्को नाराबाजी गर्दै राजिनामा माग गरिएको थियो ।
बिरोध प्रदर्शन नगरक्षेत्रको परिक्रमा गरि दशन चौकमा पुगेर राष्ट्रपतिको पुतला दशन गर्न खोज्दा केही बेर लासेपा नेता कार्यकर्ता र प्रहरीबीच घम्साधम्सी परेको थियो ।
लोसपाका जिल्ला उपाध्यक्ष बौवालाल शर्माको अध्यक्षतमा आयोजित सभामा केन्द्रिय नेता दिपेन्द्र चौधरी, राजविराज नगरपालिकाका पूर्वप्रमुख शम्भुप्रसाद यादव, उपाध्यक्ष राजेन्द्र प्रसाद दास, जिल्ला सचिव बिजय राय, सहसचिवद्वय जयनारायण यादव, रन्जु साह, कोषाध्यक्ष मनोज झा, महेन्द्र खंग लगायतका नेताहरुले दुबै संसदबाट बहुमतले पारित नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण नगरेर मधेशी जनतामाथी कुठाराघात गरेको आरोप लगाएका छन् ।
राष्ट्रपति बिरुद्ध लोसपाको प्रदर्शन
सारांश
- लोसपा सप्तरीको पार्टी कार्यालयबाट निस्केको प्रदर्शनमा राष्ट्रपति बिरुद्ध चर्को नाराबाजी गर्दै राजिनामा माग गरिएको थियो ।
- बिरोध प्रदर्शन नगरक्षेत्रको परिक्रमा गरि दशन चौकमा पुगेर राष्ट्रपतिको पुतला दशन गर्न खोज्दा केही बेर लासेपा नेता कार्यकर्ता र प्रहरीबीच घम्साधम्सी परेको थियो ।
- लोसपाका जिल्ला उपाध्यक्ष बौवालाल शर्माको अध्यक्षतमा आयोजित सभामा केन्द्रिय नेता दिपेन्द्र चौधरी, राजविराज नगरपालिकाका पूर्वप्रमुख शम्भुप्रसाद यादव, उपाध्यक्ष राजेन्द्र प्रसाद दास, जिल्ला सचिव बिजय राय, सहसचिवद्वय जयनारायण यादव, रन्जु साह, कोषाध्यक्ष मनोज झा, महेन्द्र खंग लगायतका नेताहरुले दुबै संसदबाट बहुमतले पारित नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण नगरेर मधेशी जनतामाथी कुठाराघात गरेको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया