नवीनकुमार गुप्ता
राजविराज, २५ जेठ ।
दश वर्षअघि शरद्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) बाट राजनीतिमा होमिएका सतिश कुमार सिंह शुक्रबार मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकाको कोइलाडी गाउँमा २०३९ मंसिर ८ गते जन्मिएका सिंह जिल्लाबाट पहिलो तथा प्रदेशको तेश्रो मुख्यमन्त्री बनेका हुन् ।
रामसपाका सप्तरी उपाध्यक्ष र अध्यक्षहुँदै बि.स. २०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट उम्मेदबार भई सिंह तिलाठी कोईलाडी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी बिस. २०७९ सालमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सोही गाउँपालिकाको अध्यक्ष पदमा पुनः चुनाव लड्दा पराजित भएपछि जनमत पार्टीमा प्रवेश गरेर सोही वर्ष प्रदेशसभा सदस्यमा निर्वाचित भई अहिले मधेश प्रदेशका मुख्यमन्त्री बन्न सफल भएका छन् ।
प्रदेशसभामा अर्थ तथा योजना समितिका सभापती पदमा रही कुशलतापूर्वक जिम्मेवारी बहन गरिसकेका मुख्यमन्त्री सिंह पिता शेखर सिहलाई राजनीतिक प्रेरणाको श्रोत मान्छन् । मुख्यमन्त्री सिंहका पिता शेखर सिंह अहिले लोसपाबाट राष्ट्रिय सभासदस्य छन् । पार्टी फरक भएपनि बाबु कै प्रेरणाबाट राजनीतिमा होमिएको बताउने सतिश सिंह भन्छन–“पार्टी फरक भएपनि संस्कार र ज्ञान उहाँबाटै प्राप्त गरी राजनीतिमा अघि बढिरहेको छुूँ ।”
कुनै बेला क्रिकेटको राम्रा खेलाडी रहेका उनी गाउँ कै कोइलाडी क्रिकेट क्लबका कप्तान समेत थिए । अहिले मधेश प्रदेश क्रिकेट संघको निर्वाचित सदस्य समेत रहेका सिंह सम्भवत देशकै तथा प्रदेशको पहिलो कान्छो मुख्यमन्त्री हुन् ।
यसैबीच मुख्यमन्त्री सिंहले पदभार ग्रहण पश्चात् ९ बुँदे महत्वपूर्ण निर्णय गरेका छन् । मधेशका १ सय ३६ वटै स्थानीय तहमा बाँझो जग्गा उपयोग गरी नमुना कृषि विकास मोडल लागू गरी ’एक पालिका एक कृषि उत्कृष्टता केन्द्र’ स्थापना गर्ने, स्थानीय तहमा नमुना रुपमा एक÷एक खुला शैक्षिक पार्क बनाउने, मधेश आन्दोलनका शहीद, घाइते परिवारलाई सम्बोधन हुने कार्यक्रम, संघीयताका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंह र प्रथम गणतन्त्रवादी नेता स्व. रामराजाप्रसाद सिंहको सम्मानमा विशेष कार्यक्रम सञ्चालन गरिने, प्रदेशको तथ्यांक भरपर्दा र विश्वसनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने निर्णय गरेका छन् ।
यसैगरी वैदेशिक रोजगारबाट सीप सिकेर फर्केका जनशक्तिको पहिचान गरी श्रम बैंकको रुपमा स्थापना गरी सिपलाई रोजगारीसँग जोड्ने कार्यक्रम अगाडि बढाउने, मधेश प्रदेशमा लगानी सम्मेलन गर्ने, मधेशमा सुशासनको जग स्थापित गर्न खोजमूलक पत्रकारिता प्रवर्द्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदार कार्यक्रम सञ्चालन गर्ने, मधेशको खेल क्षेत्रलाई गतिशील बनाउन प्रदेश गौरवको आयोजनाको रुपमा रंगशाला निर्माण गर्ने र खेलाडीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने निर्णय गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
एक दशकको राजनीतिक यात्रामा मुख्यमन्त्री बन्न सफल
सारांश
- सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकाको कोइलाडी गाउँमा २०३९ मंसिर ८ गते जन्मिएका सिंह जिल्लाबाट पहिलो तथा प्रदेशको तेश्रो मुख्यमन्त्री बनेका हुन् ।
- रामसपाका सप्तरी उपाध्यक्ष र अध्यक्षहुँदै बि.
- स.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया