जसपाबाट निर्वाचित गाउँपालिका  अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश

राजविराज राजविराज
|
मंगलबार, बैशाख ६, २०७९
|
|
२५ पटक हेरिएको
Shares
जसपाबाट निर्वाचित गाउँपालिका  अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश

सारांश

  •     जसपा मधेश प्रदेश कमिटिका सदस्य समेत रहेका उनीसँगै जसपा र स्वतन्त्रबाट जितेका दुई जना वडा अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि एक दर्जन स्थानिय नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् ।
  •       प्रवेश गर्नेमा जसपाबाट वडा अध्यक्षमा निर्वाचित महादेवा गाउँपालिका वडा नं.
  • ३ का अध्यक्ष अनिरुद्ध प्रसाद यादव र राजविराज वडा नं.

दैनिक समाचारदाता
राजविराज, ६ बैशाख । 
    जनता समाजवादी पार्टीबाट सप्तरीको महादेवा गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित दिपककुमार यादव मंगलबार नेपाली काग्रेसमा प्रवेश गरेका छन् । 
    जसपा मधेश प्रदेश कमिटिका सदस्य समेत रहेका उनीसँगै जसपा र स्वतन्त्रबाट जितेका दुई जना वडा अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि एक दर्जन स्थानिय नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् । 
    प्रवेश गर्नेमा जसपाबाट वडा अध्यक्षमा निर्वाचित महादेवा गाउँपालिका वडा नं. ३ का अध्यक्ष अनिरुद्ध प्रसाद यादव र राजविराज वडा नं. ३ बाट स्वतन्त्र जितेका सुदर्शन प्रसाद सिंह रहेका छन् । यस्तै राजविराज वडा नं. ८ का कौशल कुमार दाससहितज्ञ विभिन्न पार्टी परित्याग गरि एक दर्जन व्यक्ति पार्टी प्रवेश गरेको काँग्रेस सप्तरीले जनाएको छ । 
    राजविराजस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई काँग्रेसका केन्द्रिय सदस्य दिनेश कुमार यादव, जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिवद्वय सनत मण्डल, प्रभुनारायण चौधरी, क्षेत्रिय सभापति महानन्द यादव, नन्दकिशोर यादवलगायतले नवप्रवेशीहरुलाई फुलमाला अबिर लगाई स्वागत गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
तिलाठी कोइलाडीको साढे ३८ करोड रकम बिनियोजन, खाँडो खोला नियन्त्रणका लागि विवादित जग्गाको मुआब्जा दिइने
तिलाठी कोइलाडीको साढे ३८ करोड रकम बिनियोजन, खाँडो खोला नियन्त्रणका लागि विवादित जग्गाको मुआब्जा दिइने
उम्मेदवारहरु घरदैलोमा ब्यस्त
उम्मेदवारहरु घरदैलोमा ब्यस्त
नमो बुद्धलाई मेयर कप फुटबलको उपाधी 
नमो बुद्धलाई मेयर कप फुटबलको उपाधी 
जातीय विभेद कानुनीरुपमा अन्त्य भए पनि  व्यवहारमा भने अझै हट्न सकेन् ः मन्त्री लेखी
जातीय विभेद कानुनीरुपमा अन्त्य भए पनि  व्यवहारमा भने अझै हट्न सकेन् ः मन्त्री लेखी
बन्दका कारण यातायात र शिक्षण संस्था ठप्प 
बन्दका कारण यातायात र शिक्षण संस्था ठप्प 
कोरोना माहामारीलाई ध्यानमा राख्दै जिप्रका  सप्तरीद्वारा कार्य सम्पादनमा फेरबदल
कोरोना माहामारीलाई ध्यानमा राख्दै जिप्रका  सप्तरीद्वारा कार्य सम्पादनमा फेरबदल
नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो
नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो
अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न 
अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न 
रुपनीमा शिवशनि मन्दिरको शिलान्यास
रुपनीमा शिवशनि मन्दिरको शिलान्यास