दैनिक समाचारदाता
राजविराज, १६ असार ।
राजविराजमा संचालित पहिलो सप्तरी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी सुरुङ्गा नगरपालिकाले हात पारेको छ ।
सोमबार सम्पन्न फाइनल खेलमा रुविना क्षेत्रि र अफसरी बेगमको उत्कृष्ट प्रदर्शनका कारण सुरुङ्गा नगरपालिकाले खडक नगरपालिकालाई १० बिकेटको अन्तरले पराजित गर्दै पहिलो लिगको उपाधि हात पारेको हो ।
बिजेता टोलीले ५१ हजार नगदसहित ट्रफि तथा उपबिजेता टोलीले ३१ हजार नगदसहित ट्रफि तथा प्रमाण पत्र पाएका छन् ।
फाईनल खेलमा खडक नगरपालिकाले टस जिती ब्याटिंङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १ बिकेटको नोक्सानीमा १ सय ४ रन बनाएको थियो । खडकका लागि रश्मी शर्माले उत्कृष्ट पारि खेल्दै ६२ बलमा ५ चौक्काको मद्धतले ५० रनको योगदान दिएका थिए भने काजल श्रेष्ठ २० र सरस्वती चौधरीले अविजित रहि १७ रनको योगदान दिएका थिए । यता बलिङ तर्फ सुरुङ्गाका लागि एक मात्र बिकेट संगिता राईले लिएकी थिइन् ।
१ सय ५ रनको बिजयी लक्ष्य लिई मैदानमा ओर्लेको सुरुङ्गाले १५ ओभर ४ बलमै उक्त लक्ष्य भेटाएका थिए । सुरुङ्गाका लागि कप्तान रुविना क्षेत्रीले उत्कृष्ट ब्याटिंग गर्दै ५२ बलमा ७ चौक्का र १ छक्काको मद्धतले (अबिजित) रहि ६३ रन तथा अफसरी बेगमले ४२ बलमा ४ चौक्काको मद्धतले ३६ रनको योगदान दिइन् । खेलको प्लेयर अफ द म्याच सुरुङ्गाका तर्फबाट उत्कृष्ट ब्याटिंग गर्ने कप्तान रुविना क्षेत्री भइन् ।
सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघ र सेभ द चिल्ड्रेनसँगको सहकार्यमा सबल नेपालद्वारा संचालित प्रतियोगितामा तीन टोलिको सहभागिता रहेको थियो ।
खेल सम्पन्न पश्चात् सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा सुरुङ्गा नगरपालिकाका उपमेयर बिन्दा पासवान, सेभ द चिल्ड्रेनका रचना थापा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, उपाध्यक्ष धमेन्द्र चौधरी, सचिव चन्दन यादव, पुर्व प्रशिक्षक राजकुमार दास, अम्पाएर संघका अध्यक्ष निरज सिंह लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिता अन्र्तगत उत्कृष्ट प्रर्दशन गर्ने ईमरजिंग प्लेयर अन्तरगत खडकका माधवी चौधरीलाई नगद ५ हजार, बेष्ट व्याट्सम्यान सुरुङ्गाका रुविना क्षेत्रिलाई ५ हजार, बेष्ट बलर खडकका कविता गौतमलाई ५ हजार तथा म्यान अफ द सेरिज सुरुङ्गका अफसरी बेगमलाई १५ हजार नगद सहित ट्रफि तथा प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।
सोही समारोहमा नेपाली महिला क्रिकेट टोलिका कप्तान समेत रहेकी रुविना क्षेत्रिलाई नेपाली महिला क्रिकेट क्षेत्रमा पु¥याएको अतुल्निय योगदानको कदर गर्दै सप्तरी क्रिकेट संघका तर्फबाट सम्मान गरिएको थियो ।
पहिलो सप्तरी महिला प्रिमियर लिगको उपाधि सुरुङ्गाले जित्यो
सारांश
- सोमबार सम्पन्न फाइनल खेलमा रुविना क्षेत्रि र अफसरी बेगमको उत्कृष्ट प्रदर्शनका कारण सुरुङ्गा नगरपालिकाले खडक नगरपालिकालाई १० बिकेटको अन्तरले पराजित गर्दै पहिलो लिगको उपाधि हात पारेको हो ।
- बिजेता टोलीले ५१ हजार नगदसहित ट्रफि तथा उपबिजेता टोलीले ३१ हजार नगदसहित ट्रफि तथा प्रमाण पत्र पाएका छन् ।
- फाईनल खेलमा खडक नगरपालिकाले टस जिती ब्याटिंङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १ बिकेटको नोक्सानीमा १ सय ४ रन बनाएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया